प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त
काठमाडौँ : सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
बासकोटाका अनुसार यही भदौ २४ गतेबाट लागू हुने गरी थापालाई प्रधानसेनापतिमा बढुवा गरी राष्ट्रपतिकहाँ सिफारिस गरी पठाउने निर्णय भएको छ।
प्रतिक्रिया दिनुहोस !