‘प्रश्नपत्र आउट गर्नेको फर्दाफास हुन्छ’

‘प्रश्नपत्र आउट गर्नेको फर्दाफास हुन्छ’

जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले एसईई परीक्षाको प्रश्नपत्र आउट गर्नेको चाँडै पर्दाफास हुने बताएका छन्। 

शुक्रबारको प्रदेशसभा बैठकमा बोल्दै उनले एसईईको ‘प्रश्नपत्र’ कसरी बाहिरियो भन्ने प्रश्नको जवाफ दिनेक्रममा यस्तो बताएका हुन्। 

प्रदेश २  सरकारलाई बदनाम गराउने नियतले बाहिरबाट प्रश्नपत्र बाहिरिएको उनको भनाइ छ। ‘हामीलाई फेलर गराउन षड्यन्त्र भइरहेको छ। घटना छानबिन समिति गठनका छौं। षड्यन्त्र तुरुन्तै पदार्फास हुन्छ,’ उनले भने।

प्रश्नपत्र आउट हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले थपेँ, ‘परीक्षा संघ सरकारबाट सञ्चालन छ। हाम्रो कुनै गल्ती छैन।’ संघीय सरकारका शिक्षामन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने उनै प्रदेश सरकारको तर्फबाट माग गरे।

प्रदेशसभा बैठक सुरु हुनसाथ कांग्रेसका सांसद वीरेन्द्र सिंह र नेकपाका सांसद मञ्जु यादवले समाजिक विकासमन्त्रीको लपरबाहीले परीक्षार्थी भविष्य अन्धकारमा धकेलिएको भन्दै समाजिक विकासमन्त्री नवल किशोर साहको राजीनामा माग गरेका थिए।

‘प्रहरी सुरक्षा घेरामा रहेको प्रश्नपत्र रहने प्रश्नपत्र कसरी आउट भयो बन्नेबारे सिआईबीले छानबिन गर्नेछ,’ मन्त्री यादवले भने, ‘सात प्रदेशमध्ये प्रदेश २ कै प्रश्नपत्र कसरी र कसले आउट गर्यो ?’ बालबालिकाको भविष्यसँग खेलवाड गर्नेको पत्ता लगाएर कारवाही गरेरै छाड्ने उनले जनाए। 

‘सांसदले प्रदेशमन्त्रीको राजीनामा माग गर्नुहुन्छ,’ मन्त्री यादवले भने, ‘जबकी परीक्षा प्रदेश सरकार संघीय सरकारले गरिरहेको छ। बरु संघीय सरकारका शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ। नैतिकताको आधारमा कसले राजीनामा दिनुपर्ने हो सबैलाई जानकारी नै होला।’

प्रदेशसभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विद्यार्थीको भावना र भविष्यसँग खेलवाड हुनु दुखद् भएको उनले बताए।

सत्ता पक्षका प्रदेशसभा सदस्य रामअशिष यादव र राजपाका सांसद रानी शर्मा लगायतले संघीय सरकारको कारण एसईई परीक्षामा प्रश्नपत्र आउट भएको आरोप लगाउँदै जवाफ मागेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.