कांग्रेसको जागरण अभियान

कांग्रेसको जागरण अभियान

काठमाडौं : वडा तहसम्म पार्टीका कार्यक्रम सञ्चालन गर्ने गरी प्रमुख प्रतिपक्षी दल कांग्रेसले राष्ट्रिय जागरण अभियान गर्ने घोषणा गरेको छ। तीन चरणमा हुने जागरण अभियान वर्ष दिन सञ्चालन हुने कांग्रेसले जनाएको छ।

पार्टी मुख्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेसले सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म जागरण अभियान सञ्चालन गरिने जानकारी दिएको हो। कांग्रेसले अभियानको उद्देश्य, कार्यक्रम, शैली र समयावधिसमेत सार्वजनिक गरेको छ।

‘जनता, मतदाता र कांग्रेस पार्टीका विभिन्न तहको नेतृत्व र सदस्यबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनसंवादमार्फत जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन अभियान चलाउन लागेका हौं’, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘साथै सरकारका अनेक भ्रष्टाचारलगायत विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे आम नागरिकमा प्रस्ट्याउने काम हुन्छ।’

बूढीगण्डकी, वाइडबडीलगायत प्रकरणमा सरकारले गरेको अनियमितताबारे नागरिकलाई जानकारी गराउने कांग्रेसको उद्देश्य छ। कांग्रेसले अभियानको नाम ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ राखेको छ।

जागरण अभियान अवधिभर पार्टीको सदस्यता वितरण र विस्तार व्यापक ढंगले गर्दै पार्टीको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ÷नगर टोलसम्म प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

वैशाख ११ मा लोकतन्त्र दिवसको अवसर पारेर सुरु हुने पहिलो चरणको कार्यक्रम जेठ ११ मा समापन हुने जनाइएको छ। त्यस्तै भदौ २४ बीपी जयन्तीका दिन प्रारम्भ हुने जागरण अभियान असोज ७ मा सम्पन्न हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ मा सुरु भई १० दिन सञ्चालन हुनेछ।

पार्टीले जागरण अभियानमा सहभागी हुन ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि पठाउने प्रवक्ता शर्माले बताए। ‘पहिलो चरणको कार्यक्रममा केन्द्रीय प्रतिनिधि जिल्लामै बस्नुहुनेछ, निर्धारित कार्यक्रम सम्पन्न गर्नु÷गराउनुहुनेछ’, उनले पत्रकार सम्मेलनमा भने, ‘दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पुग्नुहुनेछ। १५ दिन सम्बन्धित क्षेत्रमा बस्नुहुनेछ भने तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा केन्द्रीय प्रतिनिधि पुग्नुहुनेछ। १० दिन सम्बन्धित क्षेत्रमा बस्नुहुनेछ।’ अभियानको उद्घाटन मुलुकभर एकै समयमा हुनेछ।

एउटै शैलीमा कार्यक्रम उद्घाटन

मुलुकभर हुने जागरण अभियानको उद्घाटन शैली पनि एउटै हुने कांग्रेसले जनाएको छ। ‘दीर्घ जीवन रहने कुनै वृक्ष (वर, पीपल, स्वामी या यस्तै कुनै रूख)मा जल सिञ्चन अथवा पानसमा दीप प्रज्ज्वलन गरेर हुनेछ, कार्यक्रमपछि कुनै सुरक्षित स्थलमा त्यो बिरुवाको रोपिनेछ’, विज्ञप्तिमा उल्लेख छ।       

मञ्चमा ब्याच वितरणको प्रचलन अभियानसँगै अन्त्य गरिने कांग्रेसले जनाएको छ। कार्यक्रमलाई छिटोछरितो बनाउन आसन ग्रहणको परम्परा पनि हटाउने कांग्रेसको दाबी छ। अभियानलाई सफल र व्यवस्थित बनाउन भन्दै कांग्रेसले पार्टीका सबै भ्रातृसंस्थाको जिम्मेवारी पनि छुट्याएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.