देशैभर ‘कांग्रेस मेला’

देशैभर ‘कांग्रेस मेला’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसले मुलुकभर लोकतन्त्रका लागि ‘कांग्रेस मेला’ आयोजना गर्ने भएको छ। पार्टीको तीन दिनसम्म चलेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म ‘कांग्रेस मेला’ आयोजना गर्ने निर्णय गरेको हो। बैठकले मेलाको मिति भने तोकेको छैन। ‘अहिले प्रतिष्ठानले नीति पारित गरेको हो, प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले भने, ‘मितिसहित कार्यक्रम केही दिनमा सार्वजनिक गरिनेछ।’

प्रतिष्ठानले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। त्यस्तै, पार्टीका महाधिवेशन प्रतिनिधिहरूको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम देशका सातवटै प्रदेशमा आयोजना गर्ने निर्णय भएको प्रतिष्ठानका सचिव मुक्ति आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘सातवटै प्रदेशका पार्टीका प्रदेशसभा सदस्यका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ, विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौंमा आयोजना हुनेछ।’

कांग्रेसले नयाँ पुस्तालाई पार्टीप्रति आकर्षित गर्न १३ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीलाई पनि प्रशिक्षण गर्ने भएको छ। ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूको जीवनी, नेतृत्वको योगदान, नेपालको परिचय, इतिहास, संस्कृति, सम्पदा आदिको विषयमा जानकारी दिन र कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थीका लागि र १९ वर्ष देखि २८ वर्षसम्मका उमेर समूहका लागि विशेष कार्यक्रम तर्जुमा गरी सञ्चालन गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

पार्टीद्वारा घोषित ‘राष्ट्रिय जागरण’ कार्यक्रमलाई सफल पार्न र यसका लागि सहयोग पुग्ने गरी प्रतिष्ठानका कार्यक्रम समन्वयात्मक रूपमा सञ्चालन गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ। अन्तर्राष्ट्रिय विषयका सम्बन्धमा देशभित्र र देशबाहिरका विज्ञ र प्रतिनिधि सहभागी गराई संवाद, गोष्ठी, छलफल, अन्तरक्रियालगायत कार्यक्रम सञ्चालन गर्नुका साथै पार्टीका सबै क्रियाशील सदस्यका लागि विभिन्न तह र चरणमा प्रशिक्षण कार्यक्रम गरिने प्रतिष्ठानले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.