सुष्माको निधनमा राप्रपा दुःखी
काठमाडौं : भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुःख व्यक्त गरेको छ।
‘नेपाल भारत सम्बन्ध सुदृढ तुल्याउन उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो’, राप्रपाले विज्ञप्तिमा भनेको छ, ‘विगतको कठिन समयमा दुई देश बीचको सम्बन्ध बिग्रन नदिन उहाँले खेल्नु भएको भूमिका र उहाँसँग समकक्षीको रुपमा गरेको सहकार्य स्मरणमा ताजा रहेको छ।’
राप्रपा अध्यक्ष कमल थापाले जारी गरेको विज्ञप्तिमा सुष्मा नेपालको असल मित्र र शुभेच्छुक रहेको उल्लेख गरेका छन्।
‘दिवंगत सुष्माजी प्रति श्रद्धाञ्जली अर्पण गर्दछु’, विज्ञप्तिमा थप भनिएको छ, ‘शोकको यस घडीमा भारतीय जनता पार्टी र भारतीय जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछु।’ 
प्रतिक्रिया दिनुहोस !
३