उपेन्द्र यादव सरकारबाट बाहिरिने !

उपेन्द्र यादव सरकारबाट बाहिरिने !

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुर्नगठनमा आफूखुसी मन्त्रालय हेरफरे गरेको भन्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि व्यक्त गरेका छन्। 

ओली सरकारको उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादवलाई प्रधानमन्त्रीले कानुन मन्त्रालयको जिम्मेवारी दिएपछि असन्तुष्टि जनाएका हुन्। यता मन्त्रालय परिवर्तन हुँदा  दिल्लीमा रहेका यादवले ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार छोड्ने तयारी गरेका हुन्। 

स्वास्थ्यमन्त्री यादवलाई कानुनमन्त्री बनाएका ओलीले अर्का समाजवादी पार्टीका नेता सुरेन्द्र यादवलाई राज्यमन्त्रीको पदबाट मुक्त गरेका छन् भने अर्का नेता इस्तीयाक राईले सम्हालेको मन्त्रालयमा नेकपाका नेता रामवीर मनान्धरलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। 

यसरी प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुर्नगठनमा यादवसहित उनको पार्टीलाई अपमानित गरेपछि समाजवादी पार्टीले सरकार छोड्ने तयारी गरेको हो। उपप्रधानमान्त्री यादव निकटका समाजवादी पार्टीका महासचिव रामसहाय यादवले अब सरकारमा बस्न नैतिक संकट भएको बताए। ‘सरकारमा बस्न हामीलाई नैतिक संकट भएको छ’, उनले भने, ‘अब सरकार छोड्नुको विकल्प छैन।’ 

रामसहायका अनुसार अध्यक्ष यादव शुक्रवार साँझसम्म दिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ। शनिबारसम्ममा सरकारबाट बाहिरिने निर्णय हुनेसक्ने उनको भनाइ छ। ‘अहिलेसम्म हामी सरसल्लाहमै छौँ’, यादवले भने, ‘उहाँ काठमाडौँ आइनपुग्दै पनि पनि पार्टीले सरकार छाडन सक्छ।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.