भुवन केसी गाउँने गौरी मल्ल नाच्‍ने, तस्बिरमा 'कामना अवार्ड'

भुवन केसी गाउँने गौरी मल्ल नाच्‍ने, तस्बिरमा 'कामना अवार्ड'

काठमाडौं : शनिबार काठमाडौंमा दिनभर झरी पर्‍यो। पुसको कठ्यांग्रिँदो जाडोमा झरीको वास्ता नगरी चलचित्र क्षेत्रका कलाकार, अग्रज तथा मनोरञ्जन क्षेत्रमा आबद्ध व्यक्ति सानेपास्थित हेरिटेज गार्डेनमा उपस्थित थिए। 

 सीजी इन्टरटेनमेन्टद्वारा प्रस्तुत कार्यक्रममा करिब डेढ दर्जन कलाकारले सांगीतिक प्रस्तुति दिए। हरियो रङको कलात्मक पहिरनमा सजिएर स्टेजमा उक्लिएकी मिथिला शर्माको ‘कोही परेलीमा आई बसेछ’ बोलको गीतको नृत्यले सबैलाई मोहित बनायो।

कार्यक्रममा मनोरञ्जन पत्रकारितालाई व्यावसायिक धार दिने कामना मासिकका संस्थापक स्वर्गीय पुष्करलाल श्रेष्ठको नाममा ‘पुष्करलाल मिडिया अवार्ड’ पनि प्रदान गरिएको छ। यो अवार्ड मिडियाकर्मी रामकृष्ण मानन्धरलाई प्रदान गरियो। 

नेपालमै पहिलो चलचित्र अवार्डका प्रणेता समाजसेवी तथा व्यवसायी भरतलाल श्रेष्ठको नाममा ‘भरतलाल ह्युम्यानिटेरियल अवार्ड’ पनि प्रदान गरियो। यो अवार्ड समाजसेवी तथा शिक्षासेवी लायन सोनाम साङ्पालाई प्रदान गरियो। उनी पोखराको शिक्षा क्षेत्रमा सक्रिय समाजसेवी हुन्।

यसैगरी ‘कामना लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट कलाकार नीर शाह र मेकअप म्यान सन्तु तामाङ सम्मानित भए। उनीहरूले जनही एक लाख रकमको पुरस्कार प्राप्त गरे।

कामना सर्वोत्कृष्ट फिल्ममा ‘प्रसाद’ले बाजी मार्‍यो। सर्वोत्कृष्ट निर्देशक दिनेश राउत, नायक विपिन कार्की, नायिका नम्रता श्रेष्ठ, कामना पब्लिक च्वाइस अवार्ड स्वस्तिमा खड्का, सहअभिनेता दयाहाङ राई, सहअभिनेत्रीमा प्रियंका कार्की उत्कृष्ट ठहरिए।

यसैगरी डेब्यु नायक उमेश थापा, डेब्यु नायिका सुहाना थापा, सीजी क्रिटिक्स अवार्ड थिएटरमा सिर्जना सुब्बा, सीजी क्रिटिक्स अवार्ड फेसन ज्ञानीशोभा तुलाधरले प्राप्त गरे।

सीजी क्रिटिक्ट अवार्ड संगीत न्ह्यु वज्राचार्य, कामना जुरी अवार्ड हरि फिल्म, कथाकार खगेन्द्र लामिछाने, डेब्यु निर्देशक छेतेन गुरुङ, खलपात्र प्रमोद अग्रहरि, सम्पादक निमेष श्रेष्ठ, पटकथा सुशील पौडेल, संवाद दीपकराज गिरी, हास्यकलाकार केदार घिमिरे, बालकलाकार सेड्रिना शर्मा, कोरियोग्राफर कविराज गहतराज, द्वन्द्व निर्देशक शुक्रराज शाह, पाश्र्व संगीत एलिस कार्की, संगीतकार वसन्त सापकोटा, गीतकार दिनेश थपलिया, गायक हेमन्त राना, गायिका अञ्जु पन्त, ध्वनि मिश्रण सुनयमान श्रेष्ठ, शृंगार श्याम लामालगायतले उत्कृष्ट अवार्ड प्राप्त गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.