कांग्रेसले गच्छदारको पक्षमा वकालत गर्नु आत्मघाती : पहाडी

कांग्रेसले गच्छदारको पक्षमा वकालत गर्नु आत्मघाती : पहाडी

काठमाडौं : मानवअधिकारवादी नेता कृष्ण पहाडीले नेपाली कांग्रेसले भ्रष्टाचार मुद्दामा मुछिएका उपसभापति तथा तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारको पक्षमा वकालत गर्नु आपत्तीजनक र आत्मघाती हुने बताएका छन्।

भ्रष्टाचारको मामलामा अन्तराष्ट्रिय तथा राष्ट्रियस्तरमै खराब छवि बनाएका गच्छदारको पक्षमा कांग्रेसले बोल्नु आपत्तीजनक र आत्मघाती हुने कुरा कांग्रेसले बेलैमा बुझ्नु पर्ने उनकाे भनाइ छ । 'गच्छदारलाई मुद्दा चलाएको आधारमा कांग्रेसले संसद अवरुद्ध गर्नु खेदजनक र दुभाग्यपूर्ण छ', उनले भने । 

‘अख्तियारले मुद्दा चलाउनु थोरै स्वागत योग्य छ। तर ललितानिवास जग्गा प्रकरणका मुल पात्र पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउनु नै अख्तियारको नियतमा शंका पैदा भएको छ’, पहाडीले अन्नपूर्ण अनलाइसँग भने। राजनीतिक दबाबका कारण नेपाल र भट्टराईलाई जोगिएको उनको धारणा थियो। कांग्रेसले नेपाल र भट्टराईलाई मुद्दा चलाउन कांग्रेसले शान्तिपूर्ण दबाब दिनुपर्ने बताए।

ललितानिवासका सन्दर्भमा नीतिगत रुपमा जिम्मेवार नेता नेपाल र भट्टराईलाई मुद्दा नचलाउनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ। ‘यसले रातो टोपी लगाएपछि सबैलाई माफ हुन्छ भन्ने भनाइलाई चरितार्थ गर्छ।’ उनले देशभरीकै सार्वजनिक जग्गा हडप्नेको चलखेल, राजनीतिक र न्यायिक क्षेत्रका मान्छेहरुको फेहेरिस्त लामो रहेको बताए।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको अभियोगमा अख्तियारले गच्छदारसहित १ सय ७५ जनालाई बुधबार ललितानिवास जग्गा प्रकरणमा मुद्दा दायर गरेको थियो। गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरेको छ। उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९  बमोजिम सजाय हुनेछ।  

त्यसैगरी पूर्वमन्त्री चन्द्रदेव जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार, डम्बर श्रेष्ठमाथि ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी अख्तियारले गरेको छ। पूर्वसचिव छविराज पन्तविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरेको छ भने अख्तियारकै पूर्वआयुक्त दीप बस्न्यातविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरिएको छ। 

लेखक तथा पूर्वसचिव दिनेश अधिकारीमाथि ७ करोड आठ लाख ४८ हजार बिगो दाबी गरिएको छ । बिचौलिया शोभाकान्त ढकालविरुद्ध ३९ करोड २७ लाख ६८ हजार र अर्का बिचौलिया रामकुमार सुवेदी ५२ करोड, ५१ लाख ४० हजार, भाटभटेनीका सञ्‍चालक मीनबहादुर गुरुङमाथि ५० करोडमाथि बिगो दाबी अख्तियारले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.