माइतीघरमा कांग्रेसको नारा : सरकार तेरो भ्रष्टाचार, किन मात्र गच्छदार !

माइतीघरमा कांग्रेसको नारा : सरकार तेरो भ्रष्टाचार, किन मात्र गच्छदार !

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ। बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा गच्छदारलाई मुद्दा दायर गरेपछि कांग्रेसको विद्यार्थी संगठन नेविसंघले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता÷कार्यकर्तालाई जोगाएर कांग्रेसलाई फसाउन खोजेको नेविसंघको आरोप छ। प्रदर्शनमा ‘तिलकुमारीलाई जेल, विष्णु पौडेललाई माफि’, ‘क्याबिनेटको निर्णयमा मन्त्री जवाफदेही हुन्छ कि प्रधानमन्त्री?’, ‘सरकार तेरो भ्रष्टाचार किन मात्र गच्छदार’, बालुवाटार जग्गा प्रकरण आफ्नालाई जोगाउने, अरुलाई फसाउने जस्ता प्लेकार्ड बोकेर कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको अभियोगमा अख्तियारले तत्कालिन उपप्रधान, भौतिक निर्माणमन्त्रीको हैसियतमा गच्छदारसहित १ सय ७५ जनालाई बुधबार ललितानिवास जग्गा प्रकरणमा मुद्दा दायर गरेको थियो। गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरेको छ। उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम सजाय हुनेछ।

त्यसैगरी पूर्वमन्त्री चन्द्रदेव जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार, डम्बर श्रेष्ठमाथि ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी अख्तियारले गरेको छ। पूर्वसचिव छविराज पन्तविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरेको छ भने अख्तियारकै पूर्वआयुक्त दीप बस्न्यातविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरिएको छ।

लेखक तथा पूर्वसचिव दिनेश अधिकारीमाथि ७ करोड आठ लाख ४८ हजार बिगो दाबी गरिएको छ । बिचौलिया शोभाकान्त ढकालविरुद्ध ३९ करोड २७ लाख ६८ हजार र अर्का बिचौलिया रामकुमार सुवेदी ५२ करोड, ५१ लाख ४० हजार, भाटभटेनीका सञ्‍चालक मीनबहादुर गुरुङमाथि ५० करोडमाथि बिगो दाबी अख्तियारले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.