ललितानिवास प्रकरण : महानिर्देशकसहित ७ जनालाई १५ दिने म्याद जारी
काठमाडौं : ललितानिवास जग्गा प्रकरणमा तत्कालीन विभागका महानिर्देशकसहित ७ जनालाई १५ दिने म्याद जारी गरेको छ। बुधबार विशेष अदालतले महानिर्देशकसहित तत्कालीन डिल्लिबजार मालपोतका ७ कर्मचारीलाई म्याद जारी गरेको हो।
ललितानिवास जग्गा प्रकरणमा डिल्लिबजार मालपोत कार्यालयका तत्कालिन प्रमुख कलाधर देउजा, भूमी तथा व्यवस्थापन विभागका महानिर्देशक मुकुन्द आचार्य, डिल्लिबजारकै मालपोत अधिकृत सुरेन्द्रमा कपाली, शाखा अधिकृत धर्मप्रसाद गौतम, नायब सुब्बा जगतप्रसाद पुडासैनी, डिल्लिबजार मालपोतका खरिदार युक्तप्रसाद श्रेष्ठ, विभागकै अर्का महानिर्देशक रुद्रकुमार श्रेष्ठका नाम, थर वतनमा म्याद जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए।
प्रतिक्रिया दिनुहोस !
३