नागरिकता विधेयकप्रति मातृका यादवको विरोध

नागरिकता विधेयकप्रति मातृका यादवको विरोध

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता मातृका यादवले नेपाली पुरुषासँग विवाहपछि विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने पार्टीको निर्णयको विरोध गरेका छन्। 

विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने पार्टी सचिवालय समितिको निर्णयको आइतबार विज्ञप्ति सार्वजनिक गर्दै यादवले विरोध जनाएका हुन्। आइतबार नै बसेको संसदको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी विधेयक बहुमतले पारित गरिसकेको छ। 

उनले यो निर्णय जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको भावना विपरीत भएको दाबी गरेका छन्। 

‘नेपाल सरकारद्वारा संघीय संसदमा दर्ता गराएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयकबारे हाम्रो पार्टी नेकपाको सचिवालयले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलाले ७ र्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने मिति २०७७/३/६ मा गरेको निर्णय र सोही अनुरुप संसदको राज्यव्यवस्था तथा सुशासन समितिले अुमोदन गर्नुले महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन तथा मधेश आन्दोलनको भावना र मर्म विपरित रहेकोले उक्त निर्णयमा मेरो विरोध रहेको छ’, नेकपा स्थायी समिति सदस्य रहेका यादवले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ। 

सँगै उनले उक्त प्रावधानले नेपाली बुहारीलाई राज्यबिहीन बनाउने बताएका छन्। उनले यो निर्णय मधेसी समुदायको मात्र नभई महिलाकै विकास विरुद्ध भएको उल्लेख गरेका छन्। 

‘सिमानामा बस्ने नेपालीले भारतीयसँग व्यापक रुपमा वैवाहिक सम्बन्ध गाँस्ने गरेकाले उक्त ७ वर्षे प्रावधानले नेपाली बुहारीलाई ७ वर्षसम्म राज्यबिहीन बनाउँदै राजनीतिक, आर्थिक र सांस्कृतिक शोषण गर्ने र मानसिक प्रताडना दिने देखिन्छ।’नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले पनि पार्टी सचिवालयको निर्णयप्रति विरोध जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.