कर्णालीको नेकपा विवाद ‘हेडक्वाटर’ले मिलाउने : मुख्य नेतालाई ओली र प्रचण्डको निम्तो

कर्णालीको नेकपा विवाद ‘हेडक्वाटर’ले मिलाउने : मुख्य नेतालाई ओली र प्रचण्डको निम्तो

सुर्खेत : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद अब केन्द्रले मिलाउने भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य नेतालाई काठमाडौंमा बोलाएका हुन् । 

कर्णाली प्रदेशसभा सदस्य गुलाबजंग शाहका अनुसार मुख्य नेतालाई दुई दिनभित्र काठमाडौं आइपुग्न पार्टी ‘हेडक्वाटर’बाट निर्देशन आएको हो ।  उनका अनुसार हेडक्वाटरले मुख्यमन्त्री शाही, नेता यामलाल कँडेल, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सांसद चन्द्रबहादुर शाहीलाई दुई दिनभित्र काठमाडौं पुग्न भनेको छ । 

उनले हाललाई प्रदेशमा हुने भनिएका सबै छलफल रोकेर काठमाडौं हिँडेको बताए । 

‘असोज २९ गतेसम्म केन्द्रीय कार्यालय पुग्नु पर्ने भएकाले हाललाई यताको सबै काम स्थगित गरेर छलफलमा सहभागी हुन काठमाडौं जाँदैछौँ’, नेता शाहले भने । 

मुख्यमन्त्रीविरुद्ध नेकपाकै १८ सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा नेकपाको विवाद छताछुल्ल भएको हो । 

मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद पछाडि हटेपछि मुख्यमन्त्रीलाई केही राहत मिलेको बताइएको थियो । यद्यपि पार्टी विवाद समाधान गर्न मंगलबार दिउँसो अध्यक्षद्वयले नेतालाई काठमाडौं बोलाएका हुन् । 

माधव नेपाल गुटका नेताको साथ पाएपछि मुख्यमन्त्री शाहीले मंगलबार नै नेपाल पक्षका सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेका छन् । 

मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । नेपाली प्रमुख सचेतक बनेपछि शाहीले मंगलबार कुर्मराजलाई उक्त जिम्मेवारी दिएका हुन् ।

अविश्वासको प्रस्तावमा छलफल गर्न मंगलबार दिउँसो १ बजे बैठक डाकिएको थियो । तर, हस्ताक्षर गरेका नेपाल पक्षका सांसद उपस्थित नभएपछि उक्त बैठक नै प्रभावित भएको थियो। 

४० सदस्यीय प्रदेश सभामा सत्तारुढ नेकपाका ३३ जना सांसद छन् । जसमध्ये अध्यक्ष केपी ओली पक्षका १२, प्रचण्ड पक्षका १३ र नेता नेपाल पक्षका आठ जना सांसद छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.