राजनीतिक अन्योलसँग डराएन सेयर बजार, एकैदिन झन्डै सय अंकले बढ्यो

राजनीतिक अन्योलसँग डराएन सेयर बजार, एकैदिन झन्डै सय अंकले बढ्यो

काठमाडौं : प्रतिनिधिसभाको विघटन र नयाँ चुनावको घोषणासँगै उत्पन्‍न राजनीतिक अन्योलबीच पनि सेयर बजारमा गजबको उत्साह देखिएको छ। संसद विघटन भएको दिन गत आइतबार  झन्डै सय अंकले ओरालो लागेको सेयर बजारमा मंगलबार फेरि उछाल देखिएको छ। नेप्से सूचकमा भारी वृद्धिसँगै कारोबारमा व्यापक उत्साह देखिएको छ।

 नेप्से परिसूचक मंगलबार  ९५.४६ अंकले बढेर २०६१.४१ विन्दुमा पुगेको छ । पुँजी बजार एकैदिन  ४.८६% वृद्धि भएको हो । ६ अर्ब ७४ करोड भन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड २७ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । खरिदबिक्री भएका सबै समूहका सूचक वृद्धि भएका छन् । सबै समूहका सूचक वृद्धि भएका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ९५०.९५ अंकले वृद्धि भएको छ ।

आइतबार पहिरो गएको सेयर बजारले सोमबार नै हरियाली मार्ग पछ्याएको थियो। राजनीतिक घटनाक्रमले पुँजी बजारलाई खासै प्रभाव पारेको छैन। अर्थमन्त्री विष्णु पौडेलले तत्काल ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थमन्त्रीको निर्देशनपछि बोर्डले पनि कमिसन घटाउने तयारी गरेको छ । यसले लगानीकर्ता उत्साह थपेको छ। 

बुलिस ट्रेन्डमा सेयर बजार चम्किँदै गर्दा अचानक भएको राजनीतिक घटनाक्रमले लगानीकर्ताहरु सुरूको दिन केही हच्चिएका थिए। तर बजारको वातावरण बलियो देखिएपछि लगानीकर्ताहरु उत्साहित भएका हुन्। गत साउनको पहिलो हप्ता नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले प्रदान गरेको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका छन्। त्यसपछि नै  सेयर बजारमा सुधारको क्रम सुरु भएको थियो। पुँजी बजारप्रति अनुदार देखिएको तत्कालीन अर्थमन्‍त्री युवराज खतिवडाको बहिर्गमन र नयाँ अर्थमन्‍त्री विष्णु पौडेलको नियुक्तिपछि सेयर बजारमा बेग्लै माहोल सुरु भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.