सेयर बजारमा निरन्तर उछाल, एकैदिन झन्डै ८ अर्बको कारोबार

सेयर बजारमा निरन्तर उछाल, एकैदिन झन्डै ८ अर्बको कारोबार

काठमाडौं : राजनीतिक अन्योलबीच पनि निरन्तर उकालो लागेको सेयर बजारले साताको अन्तिम दिन पनि नयाँ उचाइ हासिल गरेको छ। दोहोरो अंकको वृद्धिसँगै  ‘अल टाइम हाइ’ को अर्को रेकर्ड कायम गरेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३१.८७ बिन्दुले बढेर दुई हजार ३७४.६४ मा पुगेको छ । नेप्से सूचकमा उछालसँगै कारोबार पनि व्यापक उत्साह देखिन्छ।

यो अहिलेसम्मकै उच्च विन्दु हो। बिहीबार झन्डै आठ अर्बको कारोबार भएको छ।  नेप्सेमा भएको सुधारसँगै रु ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख ५० हजार बराबरको बजार पूँजीकरण भएको छ । कूल २०९ कम्पनीका एक करोड ८१ लाख पाँच हजार ६७१ कित्ता शेयर रु सात अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ मूल्यमा खरिद बिक्री भएका छन्। 

केही दिनदेखि बैंकिङ केही सुस्ताए पनि निर्जीवन बीमा, जीवन बीमा र लघुवित्त उपसमूहको उछालले बजारलाई उकासेको छ। बजार निकै परिपक्क ढंगले अघि बढेकोले थोरै करेक्शन हुँदा डराउनुपर्ने अवस्था नरहेको विज्ञहरूले बताएका छन्। बजार 'बुल रन' प्रवेश गरिसकेको उनीहरूको विश्लेषण छ। 

वित्तिय प्रणालीमा अधिक तरलताका कारण लगानी सेयर बजारतिर बढी आकर्षित भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकसहित सम्बन्धित वित्तीय संस्थाहरुलाई सकस भइरहेकोले त्यो पैसा सेयर बजारतिर अझै आउने संभावना छ। जसले प्रत्यक्ष रुपमा बजारलाई नयाँ उचाइमा लैजान टेवा पुर्‍याउने छ।  तरलताकै कारण ब्याजदर घटेको छ भने बैंक तथा वित्तिय संस्थाहरूले सेयर धितो कर्जा सजिलैसँग उपलब्ध गराएका छन्। 

बुलिस ट्रेन्डमा सेयर बजार चम्किँदै गर्दा अचानक भएको राजनीतिक घटनाक्रमले लगानीकर्ताहरु सुरूको दिन केही हच्चिएका थिए। तर बजारको वातावरण बलियो देखिएपछि लगानीकर्ताहरु उत्साहित भएका हुन्। गत साउनको पहिलो हप्ता नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले प्रदान गरेको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका छन्। त्यसपछि नै  सेयर बजारमा सुधारको क्रम सुरु भएको थियो। पुँजी बजारप्रति अनुदार देखिएको तत्कालीन अर्थमन्‍त्री युवराज खतिवडाको बहिर्गमन र नयाँ अर्थमन्‍त्री विष्णु पौडेलको नियुक्तिपछि सेयर बजारमा बेग्लै माहोल सुरु भएको हो। 

बिहीबारको ग्राफ

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३.८३ र सामूहिक लगानी कोष ०.०५ ले ओरालो लागेको छ । निर्जीवन बीमा, जीवन बीमा र लघुवित्त उपसमूहमा बहार आउँदा बजारले नयाँ लय समातेको छ । यस्तै व्यापार २.४७, होटल १३.६२, विकास बैंक ३१.३८, जलविद्युत् ६८.२९, वित्त ३१.९८, निर्जीवन बीमा ५४०.२३, उत्पादन २६.१३, अन्य १७.४८, लघुवित्त १५४.१६ र जीवन बीमा ४४३.४३ ले उकालो लागे । 

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्सक कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५३ करोड ३३ लाख १२ हजार ४२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेको इन्स्योरेन्स रु २६ करोड ६४ लाख ४८ हजार २१३, नेपाल पुनरबीमा कम्पनी रु २२ करोड ९९ लाख ४७ हजार २२१, शिखर इन्स्योरेन्स रु २२ करोड ८२ लाख ६१ हजार ७७२, नेशनल लाइफ इन्स्योरेन्स रु २१ करोड ४४ लाख ५६ हजार १६७, प्रभु बैंक रु २१ करोड ४३ लाख ५० हजार ९४३, नेपाल दूरसञ्चार कम्पनी रु २१ करोड तीन लाख ६४ हजार ६४८, एनआइसी एशिया बैंक रु १६ करोड १६ लाख ३५ हजार ८४४ र अरुण काबेली पावर कम्पनी रु १३ करोड ६८ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोबारका आधारमा सर्पोट माइक्रोफाइनान्स १०, स्वाभिमान लघुवित्त ९.९८, सिद्धार्थ इन्स्योरेन्स ९.९७, महिला सहयात्रा माइक्रोफाइनान्स ९.९६, गरिमा विकास लघुवित्त ९.९६, आशा लघुवित्त ९.९६, गुराँस लघुवित्त ९.९४, सूर्योदय लघुवित्त ९.९४ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए। 

यसैगरी नारायणी डेभलपमेन्ट बैंक ६.७०, नेपाल हाइड्रो ४.२५, बरुण हाइड्रोपावर ३.३३, बैंक अफ काठमाण्डू २.१३, सनराइज म्युचुअल फण्ड १.९६, मन्जुश्री फाइनान्स १.६५, नबिल इक्विटी फण्ड १.६३ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.६३ प्रतिशतले गुमाए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.