एमालेका २८ सांसदले गरे ह्वीप उल्लंघन (नामावलीसहित)
काठमाडौं : नेकपा एमालेका २८ जना सांसदले संसदीय दलकोको ह्वीप उलंघन गरेका छन् । विश्वासको मतका लागि ब एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतदान गर्न सोमबार बोलाइएको प्रतिनिधिसभा बैठकमा उनीहरु अनुपस्थित भएका हुन्।
संसदीय दलको ह्वीप विपरीत माधवकुमार नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक मतदानको दिन अनुपस्थित भएका हुन्। उनीहरुमध्ये एक सांसद् प्रतिनिधि सभा बैठकमा सहभागी भएपनि पक्ष/विपक्ष कतै मतदान गरिनन्।
विश्वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो। तर ओलीले जम्मा ९३ मत पाएका छन्। उनको विपक्षमा १२४ मत परेको छ। त्यस्तै मत दिन्न भन्ने वा तटस्थमा १५ मत परेको छ। संसदमा जम्मा २३२ सांसद उपस्थित थिए।
प्रतिपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र जसपालगायतले ओलीलाई विश्वासको मत दिएनन्। एमालेकै माधव नेपाल पक्षका सांसदहरू पनि संसदमा अनुपस्थित भएर विश्वासको मत लिने ओलीको कदमलाई अहयोग गरेका छन्।
यी हुन् माधव समूहका २८ सांसद
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भए मतदान नगरेको)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने
प्रतिक्रिया दिनुहोस !