सरकार गठनका लागि दाबी गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय

सरकार गठनका लागि दाबी गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार गठनको दाबी गर्ने भएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार गठनका लागि दाबी गर्ने निर्णय गरेको हो। 

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकले माओवादी केन्द्र र जसपाको सहयोगमा आफ्नै नेतृत्वमा सरकार गठनको दाबी गर्ने निर्णय गरेको हो। 

‘राष्ट्रपतिले संविधानको ७६ (२) अनुसार सरकार गठनको समय दिनुभएको छ’, सहमहामन्त्री महतले भने, ‘प्रधानमन्त्री विश्वासको मत लिन असफल भएपछि माओवादी केन्द्र र जसपाको सहयोगमा हामी सरकार गठनको दाबी गर्छौं।’ महतले आवश्यक समर्थन जुटाउनका लागि कांग्रेस लागेको बताए।  

 पदाधिकारी बैठकअघि सभापति देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विपक्षी गठबन्धनको सरकार गठनको विषयमा छलफल गरेका थिए। प्रचण्डसँगको छलफल सकिए लगत्तै पदाधिकारी बैठक बसेको हो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.