प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ४ बजेतिर सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।उनका अनुसार सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ।
सरकारले भोलि अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि अपरान्ह ४ बजे सार्वजनिक गर्दैछन्।
सरकारले १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि यो पटक नीति तथा कार्यक्रम आएन । प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अध्यादेशबाट बजेट ल्याउन लागिएको हो।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज २०७८ जेठ १४ गते शुक्रबार अपरान्ह ४.०० बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेकाे छ । उक्त सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने व्यवस्था गरिएकाे सबै सञ्चार माध्यमहरूलई अनुराेध गर्दछु ।
प्रतिक्रिया दिनुहोस !