थप ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

थप ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ३ हजार ८४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका १५ हजार ८०८ नमूनामा ३ हजार ८४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १० हजार ८८६ नमूनाको पीसीआर र ४ हजार ९२२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो। जसमध्ये पीसीआरबाट २६ सय ३४ जना र एन्टिजेन विधिबाट १२ सय ६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७९१ पुगेको छ। मन्त्रालयका अनुसार बुधबार १९ सय ९३ जना कोरोनाबाट मुक्त भएका छन्। कोरोनाबाट निको हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने ८५९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमण देखिएको हो।

पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएकाले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञहरुले औंल्याएका छन्। बुधबार मात्रै ३८ सय ९९ जनामा संक्रमण देखिएको थियो भने २० जनाको मृत्यु भएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.