एमाले विधान महाधिवेशनः वरिष्ठ उपाध्यक्ष थपिने, ७ सचिव रहने
काठमाडौं : नेकपा एमालेको संगठन चुस्तदुरुस्त बनाउने प्रस्ताव अघि सारिएको छ । पार्टीको विधान महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नहरुको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव रहने प्रस्ताव अघि सारेका छन्। यस्तै, प्रदेश कमिटी ५० सदस्यीय आधार अंक रहने प्रस्ताव अघि सारिएको छ।
पदाधिकारी १५ सदस्यीय रहने प्रस्ताव पनि अघि बढाइएको छ। यस्तै, एक उपमहाचिव र ७ सचिव रहने प्रस्ताव अघि पनि अघि बढाइएको छ। उपत्यकामा विशेष प्रदेश कमिटी आधार अंक ५० सदस्यीय रहनेछन् ।
जिल्लामा आधार अंक ५० सदस्यीय, पालिका ५०, गाउँपालिका ५०, टोल कमिटी ३३, प्रारम्भिक कमिटी ३५ सदस्यीय आधार अंक तोकिएको छ। कमिटीको आकार ठूलो भएको भन्दै कमिटी चुस्त दुरुस्त हुनुपर्ने आवाज उठाएका थिए ।
कोषाध्यक्ष राख्नुपर्ने प्रतिनिधिले आवाज उठाएका थिए । हाल एमालेमा कोषको जिम्मेवारी आर्थिक विभाग प्रमुख रहने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !