एमाले महाधिवेशनमा विभिन्न देशका ६० वटा पार्टीका प्रतिनिधि आउने

एमाले महाधिवेशनमा विभिन्न देशका ६० वटा पार्टीका प्रतिनिधि आउने

काठमाडौं: नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न देशका ६० वटा पार्टीका प्रतिनिधि आउने निश्चित भएको छ। दसौं महाधिवेशन अतिथि सत्कार कमिटीका संयोजक डा. राजन भट्टराईले ६० वटा अन्तर्राष्ट्रिय पार्टीलाई निमन्त्रणा दिएको जानकारी दिएका छन्।

एमालेको मुखपत्रमा प्रकाशित बुलेटिनअनुसार हालसम्म भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी लिबरेशन पार्टी आउने निश्चित भएको हो।

त्यसैगरी बंगला देशको कम्युनिष्ट पार्टी अफ बंगलादेशका तर्फबाट आउने निश्चित भएको छ। रिभोलेसनरी वर्कर पार्टीको तर्फबाट पनि आउँछु भनेर खबर पठाएको संयोजक भट्टराईले जानकारी दिए। उनका अनुसार श्रीलंकाबाट जेभीपी पार्टीको प्रतिनिधि आउने भनेर निश्चित गरेका छन्। 

'त्यस्तै कम्बोडियाको सत्तासीन पार्टी कम्बोडियन पिपुल्स पार्टीको प्रतिनिधिले पनि आउने निश्चित भएको छ। फ्रेञ्च कम्युनिष्ट पार्टीले पनि प्रतिनिधि पठाउने भनेको छ। टर्कीको वामपन्थी पार्टीले आउने भनेको छ। यद्यपि, त्यहाँ कोरोना बढेका कारण निश्चित भएको छैन,' बुलेटिनमा प्रकाशित अन्तर्वार्तामा उनले भनेका छन्।

युरोपमा पनि पछिल्लो समय कोरोना संक्रमण बढेका कारण युरोपियन पार्टीहरुले आउने चासो राख्दा–राख्दै पनि आउन नसक्ने स्थिति भएकाले सन्देश पठाउने कुरा गरेको उनले उल्लेख गरेका छन्। त्यस्तै दक्षिण एशियाका अरु रुलिङ पार्टीहरुलाई पनि निम्ता गरिएको उनले बताए। उनीहरुलाई सकेसम्म प्रतिनिधि पठाउनु नभए सन्देश पठाउनु भनेको उनले बताए। चिनियाँ कम्युनिष्ट पार्टीले यो कोरोनाका कारण आउन नसक्ने भन्दै शुभकामना सन्देश पठाउने भनेको उनले जनाएका छन्।

'नर्थकोरिया पार्टीले शुभकामना सन्देश पठाउने कुरा भएको छ। भियतनाम र लावसले प्रतिनिधि नै पठाउन सक्ने या शुभकामना सन्देश पठाउने भन्ने विषयमा हामीले टुंगो गरिसकेका छैनौँ भनेको छ। हामी त्यसको निरन्तर फलो गरिरहेका छौं। क्युवालाई पनि निम्तो दिएका छौं। अहिलेसम्म बेल्जियमबाट शुभकामना सन्देश प्राप्त भएको छ। आयरल्याण्डबाट शुभकामना सन्देश प्राप्त भएको छ। जर्मनी र रसियाका तीन ओटा पार्टीले शुभकामना सन्देश पठाउने भन्नुभएको छ,' उनले भनेका छन्।  

अतिथिहरु ढिलोमा मंसिर ९ गतेसम्म काठमाडौँ आइपुग्ने उनले बताए। 'अधिकांश पाहुना ९ गते नै आइपुग्नुहुन्छ। उहाँहरुलाई १० गते बिहान काठमाडौँबाट चितवन लैजान्छौँ। चितवनमा उद्घाटनसत्रमा सहभागी गराएपछि उहाँहरुलाई सौराहाको होटलमा बस्ने व्यवस्था गर्छौ। ११ गते साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले उहाँहरुको सम्मानमा रात्रlभोजको आयोजना गर्नुहुने छ। त्योसँगै हामीले पाहुनाहरुकै सम्मानमा स्थानीय संस्कृतिका बारेमा जानकारी गराउन केही साँस्कृतिक कार्यक्रमको आयोजना गर्नेछौँ। उहाँहरुलाई सौराहामा दृष्यावलोकनको पनि व्यवस्था गरेका छौँ। जंगल सफारीको पनि योजना बनाएका छौँ। काठमाडौँमा पनि उहाँहरुको सम्मानमा भेटघाटको आयोजना गर्ने तयारी गरेका छौँ। उहाँहरुलाई उपहारको पनि व्यवस्था गरेका छौँ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.