ओलीसँग भीड्न भीम रावलद्वारा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा
काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष भीम राव पार्टीको आसन्न दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
यससँगै अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने पक्का भएको छ। नेकपा विभाजन भएसँगै उपाध्यक्ष रावलले पार्टीभित्र फरक मत प्रस्तुत गर्दै आएका छन्। उनले पार्टी सुदृढीकरणका लागि दस बुँदे माग कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन्।
एमालेको दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने छ भने बन्द सत्र सौराहामा आयोजना हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !