स्थानीय तहको निर्वाचन मिति तोक्न सत्तारुढ दलले कानुनविद्सँग परामर्श गर्ने

स्थानीय तहको निर्वाचन मिति तोक्न सत्तारुढ दलले कानुनविद्सँग परामर्श गर्ने

काठमाडौं: सत्तारुढ दलले स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति गरेको छ। बालुवाटारमा शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले स्थानीय तहकै निर्वाचनको पक्षमा सहमति गरेको हो।

त्यसका लागि सत्तारुढ दलले कानुनी परामर्श गरेर निर्णय लिने सहमति गरेको सहभागी एक नेताले बताए। यससँगै 'अर्ली इलेक्सन'को बहस समाप्त भएको छ। यसअघि माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्ली इलेक्सनको प्रस्ताव गरेपछि सत्तारुढ दलमै विवाद उत्पन्न भएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आजको सम्बोधनमा तीन तहकै निर्वाचन गराउन प्रतिबद्ध रहेको बताएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि स्थानीय चुनावको मिति तोक्न दबाब दिँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.