एमसीसीविरुद्ध बानेश्वर क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीको फोहोर र अश्रुग्यास प्रहार

एमसीसीविरुद्ध बानेश्वर क्षेत्र तनावग्रस्त,  प्रदर्शनकारीमाथि पानीको फोहोर र अश्रुग्यास प्रहार

काठमाडौं : संसदमा  अमेरिकी सहायता परियोजना एमसीसी टेबल हुने निश्चित भएपछि बिहानैदेखि काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शनकारीहरुले प्रदर्शन जारी राेखका छन्।  प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेका छन्। प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेपछि नयाँ बानेश्वर क्षेत्रमा तनाव सृजना भएको छ। सो क्षेत्रमा  यातायात आवागमन प्रभावित भएको छ ।

प्रदर्शन रोक्न प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र  पानीको फोहोरा समेत हानेको छ । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा समेत प्रहार गरिरहेका  छन्। केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सत्तागठबन्धनभित्र लामो रस्साकस्सीपछि एमसीसी टेबल गर्न  सहमति भएको छ। आज बिहान बालुवाटारमा  बसेको सत्तागठबन्धनको बैठकले  एमसीसी संसदमा टेबल गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.