एमसीसी टेबल गर्दा संसदको दृश्य (तस्बिरहरु)
काठमाडौं : सरकारले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा टेबल गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारतर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए । विभागीय अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित रहे ।
नेपालको सडक पूर्वाधार तथा विद्युत प्रसारण लाइनका लागि झण्डै ६० अर्ब रुपैयाँ अनुदान सम्झौता प्रस्तुत हुँदा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध कायम रह्यो ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, एमाले सांसद भीम रावल, नेमकिपा सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बैठकमा बोलेर विरोध गरेका थिए ।
टेबल गर्दा नेकपा माओवादी केन्द्रका अधिकांश सांसदहरु, नेकपा एसका झलनाथ खनाल, एमालेका भीम रावलले उठेर नाराबाजी गरेका थिए ।






प्रतिक्रिया दिनुहोस !
३