जलविद्युत् पूर्वाधार निर्माण

जलविद्युत् पूर्वाधार निर्माण

ऊर्जा भन्ने बित्तिकै पेट्रोलियमदेखि, सौर्य, वायु, जलविद्युत् सबै बुझ्नुपर्छ। नेपालको ऊर्जा खपतमा विद्युतीय ऊर्जाको खपत करिब ४ प्रतिशत छ। ऊर्जा सुरक्षाका हिसाबले हामी अस्थिर छौं। ऊर्जाका लागि हामी नवीकरणीय, हरित ऊर्जाभन्दा पनि फोसिल फ्युल (जैविक ऊर्जा) मा आश्रित छौं। यसलाई घटाउन विद्युतीय ऊर्जामा स्थानान्तरण गर्नुपर्छ।

विभिन्न निकायसँग समन्वयको समस्या छ। त्यो भनेको वन, सडक, जग्गा अधिग्रहण कार्यान्वयनमा देखिएको ठूलो समस्या हो। अदालतमा मुद्दा हाल्ने, अदालतबाट अन्तरिक आदेश आएर ३/४ वर्ष पनि निर्णय नहुने भएर धेरै प्रसारणलाइन बन्न सकेका छैनन्। बनेका आयोजना राष्ट्रिय प्रसारणमा जोडिन पाएका छैनन् र उत्पादन गर्न सकेका छैनन्। प्रसारणलाइन बन्न नसक्दा पूर्व–पश्चिम जोडिन सकेको छैन। 

वन ऐनलाई संशोधन गर्नुपर्छ। जग्गा अधिग्रहणलाई कसरी सरल बनाउन सकिन्छ भन्ने हेर्नुपर्छ। स्थानीयस्तरमा जग्गा धनीले गर्ने गरेका अवरोधलाई हटाउन सक्नुपर्‍यो। उत्पादित विद्युत्को खपत बढाउन आवश्यक पूर्वाधार नै छैन। खपत बढाउनका लागि धेरै सहरमा, औद्योगिक  क्षेत्रमा प्रसारणलाइन, वितरणलाइन, सबस्टेसन लगायतका आवश्यक पूर्वाधारको बृहत् रूपमा विस्तार गर्न आवश्यक छ। सहरी क्षेत्रमा विद्युतीय पूर्वाधारको विकास तथा विस्तार गर्न निकै कठिन छ। खपत बबढाउन वितरण प्रणाली प्रमुख अवरोधका रूपमा रहेको छ।

अर्को भनेको हाम्रा जलविद्युत् आयोजना निर्माण गर्दा जमिनमुनि रहने धेरै संरचना बनाउनुपर्ने हुन्छ। यस्ता संरचना निर्माण गर्दा नसोचिएका चुनौती आउँछन्। त्यसको समाधान गर्न वा कम गर्न समय पनि बढी लाग्छ। आयोजनाको समयावधी लम्बिदै जाँदा सामानको मूल्यवृद्धि हुने र लागतमा भिन्नता देखिने हुन्छ। जलविद्युत्मा आत्मनिर्भर हुनका लागि आयोजना निर्माण गर्न आवश्यक स्टिल, आल्मुनियमदेखि जेनेरेटर, टर्वाइन, प्रसारणलाइनको टावर, कन्डक्टर, सबस्टेसनका ट्रान्सफरमर सबै उपकरण विदेशबाट आउँछन्। अहिले यी सबै उपकरणको मूल्य यतिधेरै बढेको छ। यसले पहिला भएको ठेक्का सम्झौताअनुसार काम गर्न गाह्रो हुन्छ।

यस्तै, सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको व्यवस्थानुसार कम मूल्यलाई ठेक्का दिनुपर्छ। यसले गर्दा क्वालिटी र हाईपरफमेन्स गर्ने तत्वलाई कटौती गरेर ठेक्का दिन बाध्य बनाइएको छ। यसलाई सुधार गर्न आवश्यक छ। नेपालको अर्थतन्त्रलाई माथि ल्याउनका लागि जलविद्युत्का विकास महत्वपूर्ण पूर्वाधार हो। जुन पानीबाट हामी जलविद्युत् उत्पादन गर्छौं। त्यसैबाट हाइड्रोजन ऊर्जा उत्पादन गर्न सक्छौं। सिँचाइ गर्न सकिन्छ।

नेपालको पानी नै सबै इन्धनको स्रोत हो। र, यो हरित ऊर्जा पनि हो। यसले खाना पकाउनेदेखि गाडी कुदाउनेसम्म र औद्योगीकरणको विकास गर्न जलविद्युत् आवश्यक छ। यसले देशको औद्योगिक, सामाजिक र आर्थिक विकास गर्न सक्छ। 

- कुलमान घिसिङ
कार्यकारी निर्देशक नेपाल विद्युत् प्राधिकरण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.