अर्थमन्त्री जनार्दनलाई योगेशको व्यङ्ग्य : यसपटक ब्रिफकेस तोडफोड भएन, कुर्सी नभाँचिनु उपलब्धि भयो

अर्थमन्त्री जनार्दनलाई योगेशको व्यङ्ग्य : यसपटक ब्रिफकेस तोडफोड भएन, कुर्सी नभाँचिनु उपलब्धि भयो

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड नहुनु सकारात्मक पक्ष र उपलब्धि भएको भन्दै व्यङ्ग्य गरेका छन्। मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै भट्टराईले ब्रिफकेस तोडफोड नहुनु सकारात्मक उपलब्धि भएको बताएका हुन्। 

संसदमा माननीय सदस्यहरू बस्ने कुर्सी नभाँचिदा माइकहरु नभाँचिदा शान्तपूर्वक अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट पढ्न पाउनुभएको बताए। ‘यो बजेट वक्तव्य माननीय अर्थमन्त्री ज्यूले जेठ १५ गते २ घण्टा ५५ मिनेटको समय लिएर बाचन गरिरहँदा एउटा महत्वपूर्ण सकारात्मक पक्ष, उपलब्धि नै भन्छु मैले। त्यसलाई जुन मैले महसुस गरेको छु। यसपटक माननीय अर्थमन्त्रीले यो बजेट प्रस्तुत गरिरहँदा माननीय अर्थमन्त्री ज्यूले बोक्नुभएको ब्रिफकेस तोडफोड भएन। संसदमा माननीय सदस्यहरू बस्ने कुर्सी भाँचिएनन्। संसदका माइकहरु भाँचिएनन् र शान्तपूर्वक माननीय अर्थमन्त्री ज्यूले २ घण्टा ५५ मिनेट पढ्न पाउनुभयो।’भट्टराईले थपे,‘सायद हाम्रो लोकतन्त्र र  हाम्रो संवैधानिक प्रक्रिया परिपक्व हुँदै जाँदैछ। हामी उत्तेजना, आवेशबाट संयमता र धैर्यतातिर जादैँछौं। त्यस अर्थ म खुसी व्यक्त गर्न चाहन्छु।’

भट्टराईले यो बजेटको प्राथमिकताहरु र गन्तव्य कता हो भन्ने नभएको बताए। भट्टराईले कमिसन नआउने भएकै कारण शिक्षा र स्वास्थ्यमा बजेट नबढाइएको हो भन्दै अर्थमन्त्री शर्मालाई प्रश्न समेत गरे।

तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०६७/६८ को बजेट प्रस्तुत गर्न खोज्दा माओवादी सांसद जनार्दन शर्मासहितका सांसदहरुले ब्रिफकेस खोसेका थिए। र त्यसपश्चात मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याइएको थियो।

बजेट ब्रिफकेस खोसाखोस भएर च्यातिएको हो। केही सांसदहरुका लुगा पनि च्यातिएका थिए। त्यसपछि तत्कालिन सभामुख सुवासचन्द्र नेम्वाङले त्यो दिनका लागि संसद्को बैठक अन्त्य गरेका थिए। सोही प्रसंगलाई स्मरण गर्दै भट्टराईले आजको संसदमा अर्थमन्त्रीलाई व्यङ्गय गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.