एकीकृत समाजवादीमा चर्को विवाद, मन्त्रीसहित १० सांसदले बुझाए ८ बुँदे ध्यानाकर्षण पत्र

एकीकृत समाजवादीमा चर्को विवाद, मन्त्रीसहित १० सांसदले बुझाए ८ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं : सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीभित्र चर्को विवाद देखिएको छ। एकीकृत समाजवादीको जेठ २२ गते बसेको सचिवालय बैठकले पार्टीका मन्त्री हेरफेर गर्ने निर्णय गरेसँगै सुरु भएको विवादले पार्टी गम्भीर संकटमा पुगेको छ। 

पार्टीभित्र तीव्र मतभेद चुलिएरहेको बेला स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहितका मन्त्री र सांसदले अध्यक्ष माधव कुमार नेपाललाई ८ बुँदामा ध्यानाकर्षण पत्र बुझाएका छन् । 

ध्यानाकर्षण पत्रमा खतिवडासहित, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ, सांसदहरु कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, निरुदेवी जैरु, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थले हस्ताक्षर गराएका छन्। अन्य क्रम संख्या भने खाली रहेको छ। उनीहरुले तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गरेका छन्।

पत्रमा आगामी आ.व.२०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रीमण्डल पूनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न सकिन्न । मन्त्रीलाई पटक पटक अपराधीलाई जस्तो व्यवहार गएको, स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निश्कर्ष विपरित पटक पटक आजै/भोली नयाँ मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न नसकिने उल्लेख छ।

‘प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भिर असहमत छौँ।’पत्रमा भनिएको छ, ‘पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाईलाई सहि मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागिता नभएको, गैह सांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिश गरेको , पूराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं।’ 

एकीकृत समाजवादीले ६ महिनाका लागि भन्दै असोज २२ गते ५ जना मन्त्री बनाएको थियो। तर, ८ महिनापछि मन्त्री परिवर्तन खोज्दा पनि पार्टीमा रडाको मच्चिएको छ।  पर्यटनमन्त्री आलेले बुधबार मात्रै प्रचण्डसँग भेट गरी पार्टीले मन्त्री फेरे ‘१३ जना सांसदसहित विद्रोह गर्ने’ बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.