‘छानविन नसकिएसम्म माओवादीले नयाँ अर्थमन्त्री नपठाउने, निर्दोष सावित भए शर्मा नै फर्किने’

‘छानविन नसकिएसम्म माओवादीले नयाँ अर्थमन्त्री नपठाउने, निर्दोष सावित भए शर्मा नै फर्किने’

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले संसदीय छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका छन्।

अहिले छानविनका लागि मार्गप्रशस्तमात्रै गरको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्रीमा फर्किने दाबी गरे।

संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानविन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गरे।

पुनले अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको बताए।

अर्थमन्त्रीमाथि छानविन गर्न समिति गठन हुनुलाई पार्टीले स्वभाविक रुपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाइ छ।

उनले छानविन समितिले नै सत्यतथ्य ल्याउने भए पनि अहिले नै शर्मालाई दोषी देखाउने काम भएको भन्दै आपत्ति जनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.