ट्रिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु
दमक : झापामा ट्रिपरको ठक्कर बाट मोटरसाईकल चालकको बुधबार मृत्यु भएको छ । मे १ ख ५२२३ नम्बरको ट्रिपरले मे ९ प २२९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सौरभ ताजपुरीयाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
१८ वर्षीय ताजपुरिया कमल गाँउपालिकाका स्थायी बासिन्दा हुन् । दुर्घटनामा गम्भिर घाइते भएका उनको लाइफलाइन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस !
३