विमानस्थल बन्द भएपछि : कोही यात्रु रुँदै, कोही बिरामी (फोटो फिचर)
काठमाडौं : बिहीबार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडानका क्रममा मलेसियाको मालिन्दो जहाज धावनमार्गबाट चिपलिएर घाँसे मैदानमा पुगेपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान अवरुद्ध हुन पुग्यो। उडान अवरुद्ध भएपछि विभिन्न ठाउँमा जानका लागि विमानस्थल पुगेका यात्रु रातभरि अलपत्र परे ।


शुक्रबार बिहान विमानस्थल पुग्दा अलपत्र परेका यात्रुहरुको विजोग देखिन्थ्यो । थुप्रै यात्रु राति देखिनै विमानस्थलमा कुरिरहेका थिए भने कोही विहान पुगेका थिए । झोला गुन्टा बोकेका, हातमा कागजपत्र लिएका यात्रुहरु यत्रतत्र छरिएर बसेका देखिन्थे । कोही बिरामी भएँ भनेर सुतिरहेका थिए । एक विदेशी यात्रु त रोइरहेकी थिइन् । केही यात्रुहरु आक्रोशित हुँदै विमनानस्थलका कर्मचारीसँग विवाद गर्दै थिए। थुप्रै यात्रु भैमा सुतेका थिए।

विमानस्थलका यात्रुहरु मात्रै नभएर आफन्तलाई छोड्न र लिन आएका आफन्तहरु पनि मलिन अनुहार लगाएर कुरीरहेका देखिन्थे । को को उद्धार गरिएको छ । झगडा भइरहेको थियो । यात्रुहरु आक्रोशित थिए ।



शुक्रबार बिहान जहाजलाई धावनमार्गबाट निकालेपछि करीब १४ घण्टापछि मात्रै विमानस्थल सुचारु भयो ।
तस्बिर/शब्द : सुनिता डंगोल
प्रतिक्रिया दिनुहोस !