अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्छ : गगन

अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्छ : गगन

काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकपछि नेता थापाले अर्थमन्त्री शर्माको विषयमा प्रधानमन्त्री तत्काल एक्सनमा जानुपर्ने बताएका हुन्। 

‘यत्रो विषय संसद्मा उठ्यो। बाहिर उठ्यो। यसमा हो होइन मलाई थाहा छैन। तर, यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले राजीनामा दिनुपर्छ कि प्रधानमन्त्रीजीले हटाउनुपर्छ। तत्काल छानबिन गर्नुपर्छ’, थापाले भने, ‘हाम्रो आफ्नै कार्यविधि छ। हाम्रो आफ्नै नियम कानुनले पनि कम्तीमा तीन महिनाको सीसीटीभी फुटेज राख्नुपर्ने भनिहाल्छ। त्यसमाथि पनि यो बजेट संसद्ले पारित गरेको छ, यसको करको दर भनेको सामान्य कुरो होइन।’

यत्तिकै छाडेर अघि बढे गलत नजिर बस्ने उनले बताए। ‘जे गरे पनि हुन्छ भन्ने कुरा पनि रहन्छ वा हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ। त्यसैले यो अर्थमन्त्रीजीको हितमा छ। उहाँले तत्काल राजीनामा दिने वा प्रधानमन्त्रीजीले उहाँलाई अहिलेलाई हटाएर यसको छानबिन गर्ने।’ छानबिनपछि दोषी पाइए सजायको भागीदार हुने र निर्दोष हो भने देश र जनताले होइन रहेछ भन्ने थाहा पाउने उनले बताए। सीसीटीभी फुटेजको कुरा आएपछि प्रश्न उब्जिने उनको भनाइ छ।   

उनले बजेटमाथि संसद्मा छलफल हुँदा अर्थमन्त्रीलाई प्रश्न राखेको उल्लेख गरे। ‘तपाईंले करका दरहरू जे जति कुराहरू चलाउनु भएको छ। त्यो प्रत्येक दर किन चलाउनुभयो ? यसको औचित्य के हो भन्ने कुरा तपाईंले संसद्लाई बताउनुपर्छ। अनि बल्ल हामीले त्यसको डिफेन्स गर्न सक्छौं। नत्र मैले मन लाग्यो चलाएँ भन्ने कुरा आउँछ। अनेकन प्रश्नहरू आउँछन् भन्यौं। बीचमा अनधिकृत मान्छेहरू प्रवेश गर्‍यो भन्ने कुराहरू उठ्यो। उहाँले होइन भनेर त्यसलाई इन्कारी जवाफ दिनुभयो’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.