अर्थमन्त्री शर्माले संसदमा एमसीसी टेबल गर्ने

अर्थमन्त्री शर्माले संसदमा एमसीसी टेबल गर्ने

काठमाडौं : प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सदनमा टेबल गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभाको अहिले बस्ने बैठकको कार्यसूचीमा एमसीसी राख्ने सहमति बैठकमा जुटेको हो ।

बैठकपछि संसद सचिवालयले जारी गरेको कार्यसूचीको तेस्रो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने उल्लेख छ ।

कार्यसूचीमा लोकसेवा आयोग विधेयक र समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने पनि उल्लेख छ ।

यद्यपि प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने संसद बैठकमा अवरोध कायमै राख्ने जनाएको छ । आफ्ना माग सम्बोधन नभएकाले अवरोध जारी राख्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.