ओलीले भने- ढिलो गरेकाले प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना कम छ

ओलीले भने- ढिलो गरेकाले प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना कम छ

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ढिला गरेका कारण प्रधानमन्त्री बन्ने सम्भावना कम भएको बताएका छन्। 

एमाले प्यूठान-काठमाडौं सम्पर्क मञ्चले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले अब प्रचण्ड प्रधानमन्त्री हुने सम्भावना कम भएको बताएका हुन्। 

ओलीले प्रधानमन्त्रीको इच्छा ढिला गरी आएकाले सम्भावना कम भएको बताएका हुन्। समयमै काम नगरे प्रतिफल शुन्य हुने उनको तर्क छ। समयमै काम नगरे त्यसको फल समयले नै खाइदिने ओलीको भनाइ छ।

सरकार गठनका लागि तीव्र दौड धुप गरिरहेका प्रचण्डलाई ओलीको यो संकेतले केही अफ्ठ्यारो हुने देखिएको छ। सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन्। अहिलेसम्म प्रधानमन्त्री को हुने भन्ने सहमति जुटेको छैन।

एमाले सरकारमा जाँदैन
अध्यक्ष ओलीले एमाले सरकारमा नजाने संकेत गरेका छन्। एमालेको गन्तव्य सरकार बनाउनु नभएको बताउँदै ओलीले अब जनताका माग पूरा गर्ने र समृद्ध नेपाल बनाउने अभियानमा पार्टी जुट्ने बताए। 

सरकारमा पुग्ने, मन्त्री हुने, कमाउने र खाने बाटो एमालेको नभएको ओलीको भनाइ छ। सरकारभन्दा मुलुकमा स्थीरता र स्थायीत्व कायम गर्न एमाले केन्द्रित हुने उनले बताए। प्रतिपक्ष वा सत्तापक्ष जहा भएपनि एमालेको भूमिका देश र जनताको पक्षमा प्रभावकारी हुने ओलीले बताए। अब पार्टीका वास्तविक नीतिलाई जनता र कार्यकर्ताकाबीच लाने र पार्टीका सबै तहलाई चूस्तदूरुस्त राख्न ध्यान केन्द्रित गर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.