प्रधानमन्त्री पद नछाड्ने देउवाको निष्कर्ष

प्रधानमन्त्री पद नछाड्ने देउवाको निष्कर्ष

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको पद नछाड्ने निष्कर्षमा पुगेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट प्रधानमन्त्री पदका लागि पटक-पटक दबाब आए पनि अन्ततः उनी प्रधानमन्त्री पद नछाड्ने निष्कर्षमा पुगेका हुन्।

निर्वाचनमा ८९ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले नवनिर्वाचित सांसदहरूलाई शनिबार चियापान गराएका थिए। सोही अवसरमा उनले नवनिर्वाचित सांसदहरूसँग सरकार गठनका विषयमा अनौपचारिक छलफल गरेका थिए।

सहभागी अधिकांश सांसदहरूले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका थिए। उनीहरूले देउवासहित शीर्ष नेतृत्वलाई दबाबकै शैलीमा पहिले कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका थिए।

'जनमतले पनि कांग्रेसकै नेतृत्वमा सरकार बनोस् भन्ने चाहेको छ। किनकि निर्वाचनको परिणामले कांग्रेसलाई ठूलो दल बनाएको छ,' कञ्चनपुरबाट निर्वाचित सांसद एनपी साउदले भने। उनले गठबन्धनमा अन्य दलहरूसमेत सहभागी भएकाले आलोपालो सिस्टमका बारेमा कांग्रेस लचक रहेको बताए। 'प्रधानमन्त्री पदमा आलोपालो गर्नुपर्छ। त्यसका लागि कांग्रेसमा वादविवाद हुनेछैन। तर ठूलो दलको हैसियतले कांग्रेसले पहिले नेतृत्व गर्न पाउनुपर्छ,' उनले भने। 

अधिकांश सांसदहरूले कांग्रेस नेतृत्वकै सरकार चाहेकाले देउवाको मनोबल उच्च भएको बालुवाटार स्रोतले जानकारी दियो। उच्च मनोबल बनाएका देउवाले त्यसलगत्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग भेट गरेका थिए।

समाजवादीको १० सिटसहित ६० बढी सिट आफ्नो पक्षमा रहेको दाबी प्रचण्डले गरेपछि आफू 'क्लियर' हुन् नेपालसँग भेट गरेको स्रोतले बतायो। 'शनिबारको चियापान कार्यक्रममा प्रतिनिधिज्युहरूसँग प्रधानमन्त्रीज्युले अनौपचारिक छलफल पनि गर्नु भएको हो। नतीजामुखी सम्बादपछि नै उहाँले माधव कुमार नेपालज्युसँग भेटवार्ता गरेका हुन्,' स्रोतले अन्नपूर्णसँग भन्यो।

प्रचण्डले देउवासँग औपचारिकरूपमै प्रधानमन्त्री माग गरे पनि देउवाले भने त्यसको जवाफ दिएका थिएनन्। कांग्रेसका एक उच्च नेताले त्यसको पुष्टि गर्दै भने, 'उहाँहरूबीच करिब ४५ मिनेट छलफल भएको हो। प्रचण्डले प्रधानमन्त्री बनाउन प्रस्ताव पनि गर्नुभयो। तर प्रधानमन्त्री देउवाले प्रचण्डलाई कुनै जवाफ दिएनन्।'

देउवाले प्रचण्डलाई आफूले पार्टीमा कुरा राख्ने ती नेताले अन्नपूर्णलाई बताए। 'प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले सहयोग गर्न सक्दैन,' ती नेता भन्छन्, 'तेस्रो दलको व्यक्तिलाई कांग्रेसले कसरी प्रधानमन्त्री बनाउँछ। देउवाको विकल्पमा प्रधानमन्त्रीका लागि कांग्रेसले कसैसँग छलफल गर्दैन।' उनले केही दिनमा देउवा नै पुन : प्रधानमन्त्री बन्ने दाबी गरे।

संसदीय दलको नेतामा सर्वसम्त हुने देउवाको दाउ
यसैबीच नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढ्ने भएको छ। कांग्रेसले भोलि (आइतबार) कार्यसम्पादन बैठक बोलाएको छ। बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाउने भएको छ। 
कांग्रेसका महामन्त्री गगनकुमार थापाले ढिलामा बुधबारसम्म संसदीय दलको नेता चयन हुने बताए। सञ्चारकर्मीसँग कुरा गर्दै उनले भोलिदेखि संसदीय चयन प्रक्रिया अगाडि बढ्ने बताए।

त्यस्तै कांग्रेसका धेरै नेताहरू संसदीय दलको नेता बेन्ने दौडमा छन्। देउवासहित रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, शेखर कोइरालालगायतले पार्टीभित्र लबिङ गरिरहेका छन्। तर देउवा भने सर्वसम्मत चयन हुने दाउमा छन्।

पार्टी प्रवक्ता प्रकाशशरत महतले पनि सर्वसम्मतरूपमा संसदीय दलको नेता चयन हुने दाबी गरे। 'पार्टीभित्र आकांक्षी हुनु स्वभाविक हो। तर एकताको सन्देश दिन सर्वसम्मतरूपमा संसदीय दलको नेता चय हुन्छ,' शनिबार बालुवाटारमा उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.