राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने निर्विरोध

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने निर्विरोध

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बिहान बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको रास्वपाका प्रवक्ता तथा महामन्त्री डा.मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकमा १३ सिट गरी प्रतिनिधि सभामा २० सिट जितेको छ।

सो पार्टीले प्रमुख सचेतक, सचेतकलगायतको चयन गर्न बाँकी रहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.