राप्रपा संसदीय दलको नेतामा लिङदेन सर्वसम्मत
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई चयन गरेको छ।
मंगलबार काठमाडौंमा बसेको राप्रपा संसदीय दलको बैठकले सर्वसम्मत रुपमा दलको नेतामा अध्यक्ष लिङ्देनलाई चयन गरेको राप्रपाका नेता दिपकबहादुर सिंहले जानकारी दिए।
बैठकले मुलुकको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आवश्यक निर्णय लिने अधिकार पनि पार्टी अध्यक्षलाई दिएको सिंहले बताए।
मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट राप्रपाको प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस !