टोलमै करोडाैका योजना माग

टोलमै करोडाैका योजना माग

धनकुटा : धनकुटा नगरपालिका–९ नम्बर वडाका लागि आगामी आर्थिक वर्षको बजेट सिलिङ ६० लाख रुपैयाँ तोकिएको छ । तर, टोल–बस्तीबाट झन्डै आठ गुणा अर्थात् ५ करोड रुपैयाँभन्दा बढीको योजना तथा कार्यक्रम माग भएको छ ।

विकासका काम हरेक वर्ष भइरहे पनि गाउँमा योजना माग गर्ने क्रम अझै घट्न सकेको छैन । वडा नम्बर ९ मा १५ भन्दा बढी टोल–बस्ती छन् । वडा कार्यालयले करिब एक साताअघि सबै टोलमा पुगेर स्थानीयबाट योजना तथा कार्यक्रम संकलन गरेको थियो । उनीहरूको मुख्य प्राथमिकता सडक नै रहेको वडाध्यक्ष मनोज रायमाझीले बताए । बजेट सिलिङभन्दा धेरै योजना माग हुँदा कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने निर्णय गर्न गाह्रो हुने उनको भनाइ छ । ‘कम रकम विनियोजन गर्दा गतिला पूर्वाधार बन्न सक्दैनन्’, उनले भने, ‘ठूलो योजनामा सबै राख्दा अरूमा पुग्दैन ।’

यहाँ मात्र होइन, धनकुटा नगरपालिकाका १० वटै वडामा स्थानीयबाट बजेट सिलिङभन्दा धेरै गुणा योजना तथा कार्यक्रम माग भएर आउने गरेको वडाध्यक्षहरू सुनाउँछन् । स्थानीयबाटै सडकको माग आउने भएकाले आफूहरूले यसलाई नै मुख्य प्राथमिकता बनाएको उनीहरूको भनाइ छ ।

४ नम्बर वडा कार्यालयले १६ टोललाई समेटेर तीन स्थानमा योजना छनोट कार्यक्रम संकलन ग¥यो । ५५ लाख बजेट सिलिङमा ३ करोड रुपैयाँभन्दा बढीको माग भयो । यहाँ पनि सडक नै मुख्य प्राथमिकताका साथ माग भएको वडाध्यक्ष जमशेर राईले बताए । ‘कुल मागमध्ये ८० प्रतिशतभन्दा बढी सडकको योजना छ’, उनले भने, ‘अहिलेको बजेट सिलिङ हेर्दा वडामा आएका मागमध्ये २५ प्रतिशत पनि पूरा गर्न सकिने अवस्था छैन ।’

उनका अनुसार विकासको मूल आधार सडक नै रहेको सबैको बुझाइ छ । त्यसपछि मात्रै कृषि, पर्यटन, महिला, दलित, अपांगताको क्षेत्रमा योजना माग भएको उनले बताए ।

३ नम्बर वडा कार्यालयले पनि केही दिनअघि वडासभाबाट ५५ लाख बजेट सिलिङभित्र रही आगामी वर्ष सञ्चालन हुने योजना तथा कार्यक्रम पारित ग¥यो । यो वडाका टोलबाट बजेट सिलिङभन्दा झन्डै पाँच गुणा बढी योजना तथा कार्यक्रम माग भएएको वडाध्यक्ष विकास घिमिरेले बताए । अन्य वडाले सडकलाई मुख्य प्राथमिकतामा राखे पनि यहाँकाले व्यावसायिक कृषि तथा पशुपालनलाई महŒव दिएको उनको भनाइ छ ।

‘कुल मागमध्ये ८० प्रतिशतभन्दा बढी सडक योजना छ । बजेट सिलिङ हेर्दा वडामा आएका मागमध्ये २५ प्रतिशत पनि पूरा गर्न सकिने अवस्था छैन ।’
जमशेर राई, वडाध्यक्ष, धनकुटा

‘वडाभित्र के सम्भावना छ भनी पहिल्याएर योजना बनाएका छौं । धेरै सडक निर्माण भइसके । अब आर्थिक उपार्जनको कार्यक्रम बनाउन आवश्यक छ’, उनले भने, ‘मेरो वडा कृषि तथा पशुपालनको पकेट क्षेत्र भएकाले गर्दा जीवनस्तर उकास्ने कार्यक्रमलाई प्रोत्साहन हुने कार्यक्रम बनाएको छु ।’

अहिले नगर क्षेत्रका सबै वडामा टोलस्तरीय योजना छनोट कार्यक्रम सम्पन्न भइसकेका छन् । अधिकांश वडा कार्यालयले वडासभाबाट आगामी वर्षका लागि योजना तथा कार्यक्रम पारित गराएर नगरमा पठाइसकेका छन् ।

धनकुटा नगरपालिकाका विभिन्न विषयगत समितिको बैठक बिहीबार सुरु भएको छ । सबै वडामा जेठ २३ गतेभित्र वडासभा सम्पन्न भएका छन् । वडासभाबाट आएका योजनाका विषयमा छलफल भएर असार ८ गते नगरपालिकाको आगामी वर्षको योजना तथा कार्यक्रम सार्वजनिक हुने प्रवक्तासमेत रहेका राईले बताए ।

तरकारी पकेट क्षेत्रमा कृषि सडक

बेलहरा क्षेत्रमा उत्पादित तरकारी बजारसम्म लैजान कृषि सडक निर्माण भएको छ । गुठीटारबाट सुकेआहालसम्म ग्राभेल सडक निर्माण भएपछि स्थानीयलाई मलखाद, बीउबिजन, ट्र्याक्टरलगायत उत्पादनका साधन खेतसम्म र उत्पादित कृषिजन्य वस्तु बजारसम्म पु¥याउन सहज भएको हो ।

तरकारी उत्पादनका हिसाबले बेलहरा पकेट क्षेत्र मानिन्छ । यहाँ करिब ९ सय परिवारको बसोबास छ । यहाँका अधिकांश परिवार व्यावसायिक तरकारी खेतीबाट जीविकोपार्जन गर्छन् । गोलभेंडा र अदुवा आम्दानीका मुख्य स्रोत रहेको जनाइएको छ ।

उन्नति समावेशी कार्यक्रमले स्थानीयसँगको साझेदारीमा गुठीटार–बारखोर–छेडी–सुकेआहाल सडकअन्तर्गत १२.५ किलोमिटर सडक ग्राभेलको काम तीव्र गतिमा गरिरहेको छ । निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको वडाध्यक्ष मनोज रायमाझीले जानकारी दिए । ग्राभेल सडक निर्माण सम्पन्न भएपछि बेलहरामा बाह्रैमास यातायात सञ्चालन र किसानलाई बजारसम्म तरकारी लैजान सहज हुने स्थानीय तिलकबहादुर महत बताउँछन् ।

सडक ग्राभेल गर्न सातवटा उपभोक्ता समिति बनाइएको छ । सडक निर्माणमा स्थानीय बासिन्दा नै खटिएका छन् । वडाको बजेटले यति ठूलो लगानीमा सडक बनाउन सक्ने अवस्था नरहेको जनाइएको छ । ‘नगरपालिकाले हाम्रो वडामा मात्र बजेट हाल्न सक्दैन । यो वडा कृषिजन्य वस्तु उत्पादनमा अगाडि रहेका कारण यहाँ ग्राभेल सडकको आवश्यकता थियो’, वडाध्यक्ष रायमाझीले भने, ‘उन्नति परियोजनाले बेलहरावासीलाई विश्वास गरेर लगानी गरेको छ ।’

६ मिटर चौडाइको सडकमा दुईवडा ठूला सवारीसाधन सजिलै ‘क्रस’ हुने जनाइएको छ । सडक निर्माण भएपछि सहिदभूमि गाउँपालिका छिन्ताङका माथिल्लो भेग, आँखीसल्ला र खोकुका बासिन्दालाई धरान र धनकुटा सदरमुकाम जान दूरी छोटिएको छ । त्यस्तै, पाख्रिबास नगरपालिकाका मुगा, चुङबाङ र भोजपुरको तल्लो भेग घोरेटारका बासिन्दालाई धरान जान छोटो दूरी हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.