नेताहरूको फुटबल फिभर

नेताहरूको फुटबल फिभर

आगामी जेठ ३१ देखि रसियामा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताको रौनक विश्वभर नै छाउन थालिसकेको छ । यसबाट नेपाली फुटबलप्रेमी पनि अछुतो रहन सकेका छैनन् । सधैं राजनीतिक खिचातानीमा व्यस्त रहने विभिन्न राजनीतिक दलका नेताहरूमा पनि विश्वकप नजिकिँदै जाँदा फुटबल फिभर बढ्दै गएको छ भन्दा अत्युक्ति नहोला ।

नेपाली कांग्रेसका युवा नेता उदयशमशेर राणाले आठ वर्षको उमेरदेखि नै विश्वकप फुटबल हेर्दै आएका हुन् । सन् १९७८ मा अर्जेन्टिनामा भएको उक्त खेलमा अर्जेन्टिनाले हल्यान्डविरुद्ध ३-१ को अन्तरले विजय हासिल गरेको थियो । त्यतिबेला आफ्ना बाबुसँग बेलायतमै बस्दै आएका राणाले त्यहीँ पहिलो विश्वकप हेरेका थिए । सन् १९८२ मा स्पेनमा विश्वकप हुँदा उनी भारतमा होस्टेलमा बसेर पढ्दै थिए । त्यतिबेला होस्टेलमा टेलिभिजनको त्यति सुविधा नहुने भएकाले योे विश्वकप उनले हेर्न पाएनन् । यो बाहेकका आजसम्म भएका विश्वकप उनले छुटाएका छैनन् । कुनै खेल घरमा त कुनै साथीभाइसँग भने कुनै बारमा गएर हेर्न रुचाउने नेता राणाले अहिलेसम्म हेरेको विश्वकपमध्ये मेक्सिकोमा भएको सन् १९८६ को विश्वकप सबैभन्दा राम्रो लागेको बताउँछन् । त्यतिबेला अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको खेलमा विश्वचर्चित खेलाडी म्याराडोनाको प्रस्तुतिलाई विश्वभरका उनका प्रशंसकले रुचाएका थिए । उनै प्रशंसकमध्येका एक राणालाई आगामी विश्वकपमा पनि उतिबेलाकै जत्तिकै उत्कृष्ट खेल हेर्ने चाहना छ ।

खेलमा बाजी राख्ने चलन छैन, राणाको । यसपालि कसलाई समर्थन गर्ने हो भन्ने उनले निधो गरिसकेका छैनन् । इङ्ल्यान्डको खेल उनलाई मनपर्छ । तर यसपटक यो टिमलाई फाइनलमा पुग्न गाह्रो भएको उनको अनुमान छ । ‘त्यसैले ब्राजिललाई सपोर्ट गर्छु होला’, उनले भने ।

विश्वकपले नेताहरूको राजनीतिक खेललाई पनि फिका बनाइदिन्छ । यसभन्दा अघिल्लो विश्वकपताका खसी काटेर खाँदै वल्र्डकप हेरेको नेपाल कम्युनिस्ट पार्टीका नेता दामोदर अर्यालले बिर्सेका छैनन् । पार्टीको केन्द्रीय युवा तथा खेलकुद विभागका सचिवसमेत रहेका उनले सबै साथीभाइसँग मिलेर प्रोजेक्टर नै राखी खाँदै पिउँदै वल्र्डकपका खेलहरू हेरेका थिए । प्रायःजसो सबै वल्र्डकप हेर्दै आएका अर्याललाई पहिलेदेखि नै अर्जेन्टिनाको खेल साह्रै मन पथ्र्यो । खेलाडीभन्दा पनि उनको रुचि देशप्रति नै हुने गर्छ । ‘खेलाडीप्रति मेरो क्रेज छैन’ भन्ने अर्याल यो वर्ष भने अर्जेन्टिना र जर्मनीलाई फाइनलमा पुगेको हेर्न चाहन्छन् । अर्जेन्टिना अरूभन्दा अलि गरिब राष्ट्र भएकाले पनि उसप्रति अर्यालको सामीप्यता बढेको हो । जर्मनीको भने खेलको गुणस्तर नै राम्रो भएकाले आफूलाई पहिलेदेखि नै मनपर्ने उनले बताए । यी दुई देश अन्तिम चरणमा पुगे खेल रोचक हुने भएकाले दर्शकलाई पनि रमाइलो हुने उनको भनाइ छ ।

विश्वकपले नेताहरूको राजनीतिक खेललाई पनि फिका बनाइदिन्छ । यसभन्दा अघिल्लो विश्वकपताका खसी काटेर खाँदै वल्र्डकप हेरेको नेपाल कम्युनिस्ट पार्टीका नेता दामोदर अर्यालले बिर्सेका छैनन् ।

अर्जेन्टिना र त्यसमा पनि जर्सी नम्बर १० मेस्सीले खेलेको असाध्यै मनपर्छ, सांसद नवीना लामालाई । यस वर्षको विश्वकप फुटबलको फाइनल खेल हेर्न विदेश नै जाने इच्छा थियो उनको । तर बेफुर्सदी भएका कारण त्यसको व्यवस्था मिलाउन नसकेका उनले गुनासो गरिन् । उनी अर्जेन्टिनाको फ्यान भए तापनि अमेरिका र ब्राजिलको खेल पनि उत्तिकै मनपर्छ । विगत एक दशकदेखि वल्र्डकप हेर्दै आएकी लामा सुरुदेखिका खेलहरू हेर्न नभ्याए पनि सेमी फाइनलपछिका खेलहरू सकेसम्म नछुटाउने विचारमा छिन् । अघिल्लो विश्वकप हेर्न सिटी सेन्टरमा पुगेकी नवीनाले यस वर्ष विश्वकप विजेताको रूपमा जर्मनीको सम्भावना बलियो देखेकी छिन् ।

जर्मनी र ब्राजिल टिमको अर्की समर्थक हुन्, नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईं । राष्ट्रियसभा सदस्य प्रसाईं आफैं मार्सल आर्टकी ब्ल्याकबेल्ट प्राप्त खेलाडी पनि हुन् । फुटबलमा भने उनलाई मन पर्ने खेलाडी म्याराडोना हुन् । हाल काम व्यस्तताले जिल्लामा रहेकी सांसद प्रसाईंले भनिन्, ‘फुटबल सुरु भएपछि त हेर्न परिहाल्यो नि ।’ उनको घरमा सबै परिवार मिलेर विश्वकप हेर्छन् । कोही कुन टिमको समर्थक हुन्छन् त कोही कुन टिमको । त्यसैले एउटाले एउटा टिमको त अर्कोले अर्कै टिमको लागि हुटिङ गर्ने हुनाले फुटबल हेर्दा रमाइलो लाग्छ, उनलाई । कुनै पनि देश विशेषको समर्थन नगर्ने उनी राम्रो खेल्ने देशले जितोस् भन्ने चाहना राख्छिन् ।

काम विशेषले गाउँगाउँमा जानुपर्ने हुन्छ राप्रपा नेत्री कुन्ती शाहीलाई । यद्यपि बत्तीको लाइन र टेलिभिजन भएको ठाउँमा रहेसम्म वल्र्डकप हेर्न छुटाउन्न् उनी । पहिलो चरणका खेलदेखि नै उनी विश्वकप हेर्न थाल्छिन् । तर आफूलाई मनपर्ने टिमहरू आएपछि खेल अझै रोचक लाग्ने र हेर्दा मजा आउने उनको अनुभव छ ।

२२÷२३ वर्षको उमेरसम्म सांसद राजकाजी महर्जन आफैं फुटबल खेल्थे । ललितपुर ३ नं क्षेत्र (१) का सांसद महर्जनकै पहलमा प्रदेशसभाबाट करिब १० करोडको बजेट खेलकुद प्रवद्र्धनका लागि छुट्याइएको छ । करिवबचार करोड रुपैयाँ विभिन्न कभर्ड हल, फुटबलको मैदान बनाउने र युवालाई फुटबल खेल्ने वातावरण सिर्जना गर्ने काममा खर्च गरिने उनले बताए । यसरी फुटबलमा आफ्नो गहिरो रुचि रहेकै कारण खेलको प्रवद्र्धनमा आफू लागेको उनले बताए ।

विश्वकप खेल प्रसारण हुँदा चोकचोकमा सबै भेला भएर व्यवस्थित तरिकाले खेल हेर्ने वातावरण पनि मिलाइदिएका छन्, सांसद महर्जनले । यसरी सबै मिलेर हेर्दा हाहाहुहुको मज्जा बेग्लै लाग्छ, उनलाई । पानीमा रुज्दै भिज्दै भए पनि खेल हेर्न नछुटाएको अनुभव उनीसँग ताजै छ । अर्जेन्टिनाको टोलीमा टिम वर्क राम्रो रहेको, खेलाडी राम्रा र पुरानो अनुभवी टोली भएकाले उनी अर्जेन्टिनाकै समर्थक हुन् । फाइनलमा ब्राजिलसँग अर्जेन्टिनाले भिडेको हेर्ने उनको चाहना छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.