गन्तव्य प्रचारमा पुरानै शैली
काठमाडौं : नेपाल विश्व पर्यटनको प्रमुख गन्तव्य हो। मुलुकमा प्रशस्त पर्यटकीय सम्भावना भएर पनि उल्लेख्य मात्रामा पर्यटक भिœयाउन सकिएको छैन। सरकारले वार्षिक दश लाख पर्यटक भिœयाउने लक्ष्य राखेको करिब डेढ दशक बितेपछि सन २०१७ मा आइपुग्दा यो सम्भव भएको छ।
तर, पर्यटक संख्या बढे पनि पर्यटकले गर्ने खर्च र बसाइ अवधि भने घट्दो छ। पर्यटन विकासमा सबैभन्दा पहिलो आवश्यता पूर्वाधार विकास हो।
पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्यको प्रचार शैलीमा परिवर्तन गरेर मात्रै पर्यटकको आगमन बढाउन सकिने नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देश दीपक राज जोशी बताउँछन्।
पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्रको योगदान बढ्ने हो। सरकारले पर्यटन क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधार भने पनि सोही अनुरूप विकास भने गर्न सकेको छैन।
पुरानै प्रचार शैली र पूर्वाधार विकास नगरी पर्यटक आगमन बढाउन सम्भव नभएको पर्यटन व्यवसायीहरू बताउँछन्।
बिनातयारी सरकारले सन् २०२० लागि भिजिट नेपाल वर्षको रूपमा मनाउँदै २० लाख पर्यटक भिœयाउने महŒवाकांक्षी योजना सार्वजनिक गरेको छ।
सरकारले होटल तथा रेष्टुराँको कुल गाहस्र्थ उत्पादन (जीडीपी)मा रहेको दुई प्रतिशत योगदान पनि आगामी आर्थिक वर्षमा तीन प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।
पर्यटकीय गन्तव्य र प्रोडक्टको प्रचारमा अनलाइन मिडियाको प्रयोग सात प्रतिशत छ। पर्यटकको संख्या बढाउन डिजिटल मार्केटिङलाई विस्तार गरी ३५ प्रतिशतसम्म पुर्याउनुपर्छ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अहिले जीडीपीमा पर्यटन क्षेत्रको योगदान जति भए पनि पाँच वर्षभित्र २५ प्रतिशत पुर्याउन लक्ष्य अगाडि सारेका छन्।
पर्यटन क्षेत्रको विकासका लागि अधिकारीले हवाई क्षेत्रको सुधार र पर्यटन विकासका लागि भन्दै थिंक ट्यांक निर्माण गरी काम अगाडि बढाइरहेका छन्।
हवाई विज्ञहरूले पर्यटन विकासमा हवाई क्षेत्रको विकास नै प्रमुख हुने बताइसकेका छन्। मन्त्री अधिकारीलाई जतिसक्दो छिटो दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने सुझाव उनीहरूको छ।
लय समाउँदै पर्यटन
सन् १९५० को दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रमिक सुधार आएको हो। पछिल्लो सयम वाइल्डलाइफ टुरिजम, कल्चरल टुरिजम, र्याफ्टिङ टुरिजम, माउन्टेनेरिङ टुरिजम र ट्रेकिङ टुरिजमले नेपाललाई विश्व बजारमा चिनाएको छ।
खुला नाका र नेपाल–भारत बीचको सुमधुर सम्बन्धले नेपाल भ्रमणमा आउने बढी पर्यटक भरतीय छन्। नेपालमा पर्यटक भिœयाउन पूर्वाधारको अभाव नै मुख्य समस्याका रूपमा रहेको छ।
पूर्वाधार विकास बिना पर्यटनमा उल्लेख्य लाभ लिन नसकिने पर्यटन व्यवसायी तथा विज्ञहरू ठोकुवा गर्छन्। ‘सरकारले ल्याएको पर्यटन रणनीतिक योजनामा २०१९ सम्म १३ लाख र २०२५ सम्ममा २५ लाख पर्यटक पुर्याउने लक्ष्य राखिएको छ’, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले भने, ‘विमानस्थल विस्तार र अन्य पूर्वाधारको विकास गर्न नसकेको खण्डमा लक्ष्य हासिल हुनेवाला छैन।’ त्यसमा पनि हामीले जुन तवरबाट पर्यटकीय क्षेत्रको प्रचार गरिरहेका छौ त्यसलाई पनि समय सान्दर्भिक सुधार गर्नुपर्ने उनको भनाइ छ।
सन् २०१५ मा आएको विनाशकारी भूकम्पका कारण त्यस वर्ष पर्यटन आगमनमा ह्वातै गिरावट आएको थियो। तर त्यसपछि भने वार्षक २५ प्रतिशत हाराहारीमा पर्यटन आगमन बढ्दो छ। सन् २०२० भित्र २० लाख पर्यटक ल्याउन हामीले अहिलेको वृद्धिदरलाई पनि परिवर्तन गर्नुपर्नेछ। अहिलकै होटलले पनि २० लाखभन्दा बढी पर्यटकलाई सेवा दिन सक्छन्। तर, हामीलाई पर्यटक बढीभन्दा बढी ल्याउन पूर्वाधार पहिलो चुनौती रहेको जोशी बताउँछन्।
सन् २०१७ मा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १० लाख पुगेको छ। यो राम्रो पक्ष हो। तर, नेपालमा भएका पर्यटकीय गन्तव्य आधारमा यो संख्या अत्यन्त कम हो।
पर्यटन विकासमा भएका काम
नेपाल पर्यटन बोर्डले निजी क्षेत्रको सहकार्यमा पर्यटन क्षेत्रको विकासमा प्रमुख चारवटा काम गर्दै आएको जोशी बताउँछन्। बोर्डले सबैभन्दा पहिलो गन्तव्यको पहिचान र प्रचारप्रसार गर्दै आएको छ। योसँगै बोर्डले पर्यटकीय सेवाको गुणस्तर वृद्धि र क्षमता विकासमा काम गर्दै आएको छ। सरकार तथा बोर्डले गन्तव्यको प्रचारमा प्रदर्शनी, मार्ट र विभिन्न प्रकारका मेला गर्दै आएको छ। योसँगै सडक नाटक, सेल्स मिसन, गन्तव्य प्रचार, विदेशी तथा स्वेदेशी व्यवसायी तथा मिडियासँगको सहकार्यमा जोइन्ट प्रचार, ब्रान्ड प्रमोसन तथा कप्रोरेट प्रमोसन लगायतको काम गर्दै आएको जोशी बताउँछन्। गन्तव्य प्रचारमा प्रमोसनल कोल्याक्टर प्रोडक्ट, मिडिया, मास मिडिया तथा डिजिटल मार्केटिङ प्रयोग भइरहेको छ। डिजिटल मार्केटिङ नै अहिलेको अवस्थामा सबैभन्दा आवश्यक र प्रभावकारी भएको जोशी बताउँछन्।
ब्रान्डको रूपमा नेपाल विगत दुई वर्षदेखि नेपाल हिमालयको प्रवेश विन्दुको नारा राखेर हिमालयन ट्राभल मार्ट गर्दै आएको छ। हिमालयन ट्राभल मार्ट नेपालको पर्यटकीय गन्तव्य प्रचारका लागि एउटा प्रमुख हतियार हो।
अबको लक्ष
पर्यटन बोर्डले नेपाललाई विश्वकै युनिक र लाइफ टाइम गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिएको छ। सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भिœयाउँदै अहिले रहेको प्रतिपर्यटक ५३ डलरको खर्चलाई ६५ पुर्याउने लक्ष्य लिएको छ। खर्चसँगै पर्यटकको बसाइ पनि बढाउने सरकारी लक्ष्य छ। सरकारले आगामी आर्थिक वर्षभित्रै प्रतिपर्यटक १२.६ दिनको बसाइलाई लम्ब्याएर १४ दिन पुर्याउने महŒवाकांक्षी योजना ल्याएको छ।
कुनै बेला नेपाल आउने पर्यटकको बसाइ १६ दिनसम्म थियो। पर्यटकको बसाइ लम्ब्याउन सकिने पर्वतारोहण र ट्रेकिङ पर्यटन विकासमा पनि कुनै विशेष योजना तथा कार्यक्रम ल्याउन नसकेको पर्यटन विज्ञ डा.पुष्कर बज्राचार्य बताउँछन्। पर्यटकको बसाइ लम्ब्याउन सकिने नयाँ टे«किङ रुटको पहिचान गर्दै प्रचारप्रसार गर्ने र पुराना रुटको पनि विकासमा ध्यान दिनुपर्ने बज्राचार्य बताउँछन्।
पर्यटक आगमन बढाउने हो भने चिनियाँ पर्यटकलाई भिसामा सहजता दिनुपर्ने हुन्छ। सबैभन्दा बढी पर्यटक आउने हवाई मार्ग सुधार समयमा हुन सकेको छैन। जहाज आकाशकै एक घन्टासम्म होल्ड गर्नुपर्ने अवस्था छ। नयाँ एयरलाइन्स कम्पनीलाई रातको समयभन्दा अन्य सममा उडान अनुमति दिनसक्ने अवस्था नरहेको अवस्थामा २० लाख पर्यटक भिœयाउन योजना सम्भव हुने अवस्था नरहेको उनको भनाइ छ।
सरकारले पर्यटन आगमनमा पटक ठूलो फड्को मार्ने हो भने नयाँ सेगेमेन्ट (हिन्दू सर्किट तथा बुद्धिष्ट सर्किट) का कार्यक्रम अगाडि बढनुपर्ने उनको भनाइ छ।
पुरानै शैलीमा काम गर्दा २० लाख पर्यटक भिœयाउने, खर्च बढाउने र पर्यटकको बसाइ लम्ब्याउने योजना सम्भव नहुने बज्राचार्यको भनाइ छ।
पर्यटन विकासका सात खम्बे रणनीति
नेपालको पर्यटन विकासमा बोर्डका कायकारी निर्देशक जोशीले सातखम्बे नीति अगाडि सारेका छन्। जोशीले सारेको पहिलो खम्बामा सबैभन्दा पहिले एसिया क्षेत्रका लागि हामीसँग रहेको पर्यटकीय प्रोडक्टको माग बढाउने हो। माग बढाउँदै गर्दा हामीले पर्यटकीय गन्तव्य प्रचारमा प्रयोग गर्दै आएको पुरानौ शैली परिवर्तन गर्नुपर्ने हुन्छ। यसैगरी गन्तव्यको प्रचार शैलीमा प्रतिस्पर्धात्मक डिजिटल क्षमता विकास गर्नुपर्न जोशीको भनाइ छ। पर्यटन क्षेत्रको विकासमा गुणस्तरीय लगानी सुनिश्चित दिँदै र पर्यटकीय क्षेत्रको विविधतामा विकास गर्ने। पुराना नारालाई परिर्वतन गर्दै व्यावसायिक क्षमताको विकास गर्दै पर्यटकीय गन्तव्यको उत्पादन र प्रचार गर्नुपर्ने जाशीको भनाइ छ।
यही अनुरूप सरकारले आगामी आर्थिक वर्षभित्र एक सयवटा नयाँ गन्तव्यको खोजी गरी प्रचारप्रसार गर्ने योजना आगडि सारेको छ। पर्यटकीय क्षेत्रमा आवश्यक दक्ष जनशक्ति परिचालन, पर्यावरणीय सुन्दरतामा ध्यान दिनुपर्ने जोशी बताउँछन्। यसका लागि सबैभन्दा पहिलो मार्केटको अवस्था बुझ्नुपर्ने हुन्छ। जसमा विश्वमा पर्यटन क्षेत्र अहिले कुन अवस्थामा छ त्यसको अध्ययन हुनुपर्छ।
के छ हामीसँग ?
नेपाल विश्वको एक युनिक पर्यटकीय गन्तव्य हो। नेपालमा समरमा पनि जाकेट लगाउनपर्ने ठाउँ छन्। प्रत्येक एक÷दुई किलोमिटरको दूरीमा फरक वातावरणीय अनुभव लिन सकिन्छ। त्यसमा नेपालीले पाहुनालाई इश्वरसमान मान्छन्। पाहुनालाई नेपालीले हृदयदेखि स्वागत गर्छन्। नेपालमा विश्वका अग्लो शिखर सगरमाथा छ। हामीसँग दृष्यावलोकनमा लागि कैयौं हिमालयन छन्। ६० वर्ष पुराना आइकनिक काठमाडौं सहर, विश्वसम्पदा सूचीमा समावेश पुरातात्विक, धार्मिक सम्पदा, एक सयभन्दा बढी जातजातिको भेषभुषा र संस्कृति, १२ वटा राष्ट्रिय निकुन्ज, तीनवटा वाइल्ड लाइफ रिजर्भ पनि छन्। हावापानीमा विविधता छ। गन्तव्यपिच्छे फरक हावापानी छ। यसैगरी असीमित एड्भेन्चर पर्यटकीय गन्तव्य र प्रोडक्ट, स्थानीय खाना, ठाउँ र जातअनुसारका संस्कृतिले नेपाल भरिपूर्ण छ। यसैगरी जंगल पर्यटनका प्रोडक्ट, हिमालयन टे«किङ रुट, ताल, पोखरी, मठ मन्दिर र बुद्धको जन्मथलो लुम्बिनी पनि नेपालमै छ।
बढी माग हुने प्रोडक्ट
पर्यटकीय गन्तव्य र प्रोडक्टमा असीमित देश हो, नेपाल। त्यसमा पनि नेपाललाई चिनाउने गन्तव्यमा विश्वको उच्चशिखर सगरमाथा, सगरमाथा बेसक्याम टे«किङ रुट, अन्नपूर्ण टे«किङ रुट, शेर्पा संस्कति, गोर्खा इमेज, माउन्टेन भ्यू फ्लाई, ग्रेट हिमालयन टे«ल, विविध भेषभुषा, संस्कृति, मनरोम वातावरण, साइट सिन, क्याम फायर, काठमाडौं उपत्यकाको पुरातात्विक सम्पदाको बढी डिमान्ड छ। स्थानीय खाना, फ्रेस हावापानी, योगासमेत बढी माग हुने गरेको कार्यकारी निर्देशक जोशी बताउँछन्।
प्रचार शैलीमा परिवर्तन
पर्यटन विकासमा लागि प्रचारप्रसारको शैलीमा पनि परिर्वतन गर्नु पर्ने कार्याकारी निर्देशक जोशी बताउँछन्। पर्यटकीय गन्तव्य र प्रोडक्टको प्रचारमा अनलाइन मिडियाको प्रयोग अहिले सात प्रतिशत हाराहारी छ। तर, हामीले भनेअनुसार नै पर्यटकको संख्या बढाउँदै बढी आम्दानी लिन डिजिटल मार्केटिङलाई विस्तार गरी ३५ प्रतिशतसम्म पुर्याउनु पर्ने जोशीको भनाइ छ। यसैगरी अनुसन्धान अनुगमनलाई पनि तीन प्रतिशतबाट ६ प्रतिशत पुर्याउन आवश्यक छ। नेपाल ब्रान्ड प्रमोसनमा अति नै कमजोर छ। कुल प्रचार शैलीमा हाम्रो ब्रान्ड प्रमोसनको कार्यक्रम तीन प्रतिशत मात्रै छ। यसलाई १० प्रतिशतसम्म पुर्याउनु पर्ने जोशी बताउँछन्। यसैगरी सञ्चार तथा जनसम्पर्क एड्भोकेसीमा ३० प्रतिशत छ। यो शैलीबाट पर्यटक बढाउन सकिने सम्भावना कम छ। त्यसैले यसलाई १० प्रतिशतमा झानुपर्ने उनको भनाइ छ। टे«ड सो, सेल्स मिसन र रोड सोको प्रचार शैलीलाई पनि कम गदै जानु पर्ने जोशी बताउँछन्। हामीसँग प्रोडक्टको उत्पादन क्षमता आठ प्रतिशत छ। यसलाई बढाएर १२ प्रतिशतसम्म पुर्याउनु पर्ने जोशी बताउँछन्।
के भन्छन पर्यटन व्यवसायी ?
पर्यटन क्षेत्रको विकासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्नुपर्ने पर्यटन व्यवसायी सुमन पान्डे बताउँछन्। ‘नेपाल आउने पर्यटक आकाशमा डेढ÷दुई घन्टा होल्ड हुनुपर्छ, यस्तो अवस्थामा कसरी पर्यटक आउँछन्’, उनले भने, ‘हामीले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनुपर्छ।’ गौतम बुद्ध र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल धमाधम निर्माण भइरहेका छन्।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि पाँच वर्षभित्रै सम्पन्न गर्नुपर्ने उनको भनाइ छ। नेपालका थुप्रै दुर्गम ठाउँ आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छन्। तर, हवाई तथा सडक पूर्वाधारको अभावले पर्यटक पुग्न सकेका छैनन्। पर्यटकीय गन्तव्यमा कम्तीमा भारतको सिलिगुढीदेखि दार्जिलिङसम्म बनाइएजस्तो सडक निर्माण गर्नुपर्ने पर्यटन व्यवसायी पाण्डे बताउँछन्।
पर्यटन प्रवद्र्धनका लागि मोबिलिटी सबैभन्दा महŒवपूर्ण रहन्छ। होटेल व्यवसायी संघ (हान)का महासचिव विनायक शाहले पनि पर्यटन पूर्वाधारकै अभावले पर्यटक भिœयाउन नसकिएको गुनासो गर्छन्। नेपालमा पर्यटकको संख्या नबढे पनि होटेलको संख्या धमाधम बढिरहेका छ। सन् २०२० सम्म निर्माणाधीन तारे होटेलमा करिब चार हजार कोठा थपिँदैछन्। साना र ठूला व्यवसायीको होटेलमा ६० देखि ७० अर्ब लगानी हुँदैछ। ‘कोठामात्र थपिने, पर्यटक नथपिने भएमा होटेलको लगानी संकटमा पर्छ’, उनले भने, ‘विमानस्थल, सडकलगायत पूर्वाधार विकास गरेर पर्यटक भिœयाउन लाग्नुपर्छ।’
पर्यटक भिœयाउन पूर्वाधार विकाससँगै राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको सुदृढीकरण पनि उत्तिकै आवश्यक रहेको सरोकारवालाको धारणा छ। कुनै पनि मुलुकको पर्यटन विकासका लागि राष्ट्रिय ध्वजावाहकको भूमिका महŒवपूण रहने गरेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले बताए।
‘निगममा २८ वर्षसम्म जहाज खरिद गर्न सकिएन, कसैले पनि निगममा जहाज बढाउनेतर्फ ध्यान दिएनन्’ उनले भने, ‘नेपालमा प्रशस्त पर्यटक नभित्रिनुको प्रमुख कारणमा राष्ट्रिय ध्वजावाहक सक्षम नहुनु पनि हो।’
निगमले पछिल्लो समय दुईवटा न्यारोबडी विमान भिœयाइसकेको छ। निकट भविष्यमै वाइडबडी जहाज भिœयाउन लागेको छ। लगत्तै दुईवटा न्यारोबडी भिœयाउन निगमको लक्ष्य छ। नेपालबाट नजिकका मुलुक हुँदै जापान, कोरिया, अस्ट्रेलिया, युरोप र अमेरिकासम्म उडान भर्ने निगमको योजना छ। ‘अहिले नेपालको हवाई गन्तव्य एसियामै महँगो मानिन्छ, निगमको उपस्थितिपछि नेपाल पनि सस्तो गन्तव्य बन्नेछ’, महाप्रबन्धक कंशाकारले भने।
जीडीपीमा कुन देशको योगदान कति ?
नेपालको कुल गाहस्र्थ उत्पादन जीडीपीमा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउने सरकारी लक्ष्य छ। तर, अहिले जीडीपीमा पर्यटनको हिस्सा ७.८ प्रतिशत मात्रै छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख घनश्याम उपाध्यायले गरेको एक अध्ययन प्रतिवेदनअनुसार नेपाल पर्यटकीय सम्भावना भएको देश भए पनि खासै प्रगति गर्न नसेकेको उल्लेख छ। नेपाल भ्रमणमा आउने पर्यटकको संख्या वार्षिक २५ प्रतिशतले वृद्धि भइरहे पनि पर्यटकले गर्ने खर्च भने बढन नसेकेको उपाध्याय बताउँछन्।
जीडीपीमा पर्यटन क्षेत्रको योगदान सबै भन्दा बढी माल्दिभ्सको छ। माल्दिभ्सको कुल गाहस्र्थ उत्पादन जीडीपीका ७६ प्रतिशत योगदान रहेको छ। यसैगरी मकाउमा ६१.३, बाहामसमा ४७, थाइल्यान्डमा २१, मलेसियामा १३, श्रीलंकामा ११, चीनमा ११, भियतनाममा ९, भारतमा ९.४, ब्राजिलमा ७.५ प्रतिशत योगदान छ।