एमालेकै गुटबन्दीमा फस्यो नेकपा

एमालेकै गुटबन्दीमा फस्यो नेकपा

जनकपुर : नेकपाको झापड प्रकरण तत्कालीन एमालेका सत्यनारायण मण्डल र शत्रुधन महतो गुटको विवादकै निरन्तरता भएको देखिएको छ। नेकपा प्रदेशसभा संसदीय दलको कार्यालयमा प्रदेशसभा सदस्य मञ्जु यादवले किशोरी साहलाई हालै झापड हानेकी थिइन्।

यो विवाद चार महिनाअघि प्रदेशसभा संसदीय दलको चुनावमा दुई नेता प्रतिस्पर्धामा उत्रिएदेखिको रहेको नेताहरू स्वीकार गर्छन्। यो घटनाले चुनावपछि विवाद साम्य हुँदै जानुको साटो चुलिँदै गएको देखाएको छ। प्रदेशमा तत्कालीन एमालेका नेता अझै दुई खेमामा देखिएका छन्।

संसदीय दलका नेता मण्डल एकातिर र उनका प्रत्याशी बनेका महतो अर्कातिर छन्। प्रदेशसभा सदस्य यादव दलको चुनाव हुँदा महतोकी प्रस्तावक थिइन्। यादवकै कारण दलका नेतामा सहमति हुन नसकेको मण्डल पक्षधरको बुझाइ छ। एउटा गुटकी नेत्रीले अर्को गुटका नेतालाई नियतवश झापड हानेको पूर्वसांसद राजकुमार गुप्ताको भनाइ छ।

केन्द्रमा तत्कालीन एमालेभित्रको गुट÷उपगुटको राजनीति अन्त्य भइसक्दा पनि प्रदेश २ मा दलको चुनावदेखि गुट÷उपगुटको राजनीति भइरहेको मण्डल बताउँछन्। ‘प्रदेशमा अहिलेको पार्टी नेतृत्वलाई बदनाम गराउने काम भइरहेको छ, जुन गुटगत राजनीतिको उपज मात्रै हो’, मण्डल भन्छन्, ‘मेरो नेतृत्वलाई असफल बनाउने खेल भइरहेको छ, विभन्न बहानामा विवादमा ल्याइँदै छ। मेरा नजिकका मान्छेलाई बदनाम गराउने काम भइरहेको छ। नियतवश रिसइबी साँध्ने काम भइरहेको छ।’

आफूहरू इमानदारीपूर्वक अघि बढिरहे पनि दलको बैठक हुँदा अर्को गुटले विवाद निकाल्ने गरेको उनको भनाइ छ। ‘र, त्यसमा पनि मञ्जु यादव नै अगाडि आउने गरेकी छन्। झापड प्रकरण त एउटा उदाहरण मात्र हो’, उनी भन्छन्, ‘यो काण्ड सांसद यादवमा परिपक्वता नरहनुको परिणाम हो। अरूले उचालेका भरमा उनको राजनीति चलिरहेको छ।’

प्रदेश संसदीय दलका नेता मण्डल एकातिर र उनका प्रत्याशी बनेका महतो अर्कातिर छन्।

महतो भने दलका नेताले अहिले अराजकता मच्चाइरहेको आरोप लगाउँछन्। सांसद यादवलाई करबाही गर्ने धम्की त्यसकै निरन्तरता भएको उनको भनाइ छ। ‘यदि अराजकता होइन भने किन एकाएक आएर किशोरी माननीयज्यूले झापड हान्ने कुरा गर्नुभयो ? ’, उनी भन्छन्, ‘दलका नेतासँग कुनै सांसदले नीतिगत कुरा गर्न नपाइने व्यवस्था छ र ? ’ विवाद सल्टाउनुको साटो दलका नेता पनि आएर उल्टै हप्काउनुले नै घटनाको खराब नियत पुष्टि गरिरहेको उनको तर्क छ।

आफू अलग्गै गुटको भएका कारण अभद्र व्यवहार गरिएको सांसद यादव बताउँछिन्। ‘दलका नेताको भनाइबमोजिम नै म काम गरिरहेकी थिएँ’, उनी भन्छिन्, ‘तर, जबर्जस्ती विवाद खडा गरेर मसँग बदला लिने काम भइरहेको छ।’ मानसिक सन्तुलन ठीक नभएको भनेर बदनाम गराउने काम भइरहेको उनको दुखेसो छ। ‘मधेसमा एमालेमा महिला उपस्थिति नरहेको बेलादेखि म पार्टीमा सक्रिय छु तर त्यो बेला केही भएन, अहिले आएर खराब भएँ ? ’, उनी भन्छिन्, ‘मधेसी महिला अघि नबढोस् भनेर सबैले मसँग राजनीति खेलिरहेका छन्।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.