भारतसँगका असमान सन्धि सच्याउने काम भइरहेको छ : प्रधानमन्त्री ओली

भारतसँगका असमान सन्धि सच्याउने काम भइरहेको छ : प्रधानमन्त्री ओली

कुमार लुइटेल

मिलन बुढाथोकी

विराटनगर : प्रधानमन्त्री केपी ओलीले नेपाल भारतबीच रहेको असमान सन्धि सच्याउने काम भइरहेको बताएका छन्। प्रदेश १ को संसदमा सम्बोधन गर्दै ओलीले अन्य सरकारका पालामा नाम समेत उच्चारण गर्न हिच्किचाउने काम भइरहेको बताएका हुन्। 

उनले नेपाल र भारतबीचको तिक्तापूर्ण सम्बन्धमा सुधार आएको र दुई देश असल छिमेकीको रुपमा रहेको बताएका हुन्। ‘दुई देशबीच सीमामा देखिने समस्यालाई सम्बोधन गर्न भारत पनि तयार रहेको छ’, उनले भने, ‘व्यक्तिगत समस्यालाई दुई देशबीच जोड्ने र उचाल्ने काम भइरहेको छ। त्यसमा हामी संवेदनशील बन्नुपर्छ।’

त्यसैगरी ओलीले जनताले चाहे संविधान सम्बोधन हुने बताए। ‘संविधान सम्बोधन गर्दा जनता समृद्धि हुन्छन् भने त्यो कुुनै अनौठो कुरा होइन,’ उनले भने।  

अघिल्ला सरकार जस्तो सामान्य कुरामा अल्झिने नभइ विकास र सुशासनको मामलामा सरकार नरोकिने ओलीको भनाइ छ। उनले नेपालको प्राकृतिक स्रोत र साधनलाई अधिकतम उपयोग गर्दै समृद्धिको बाटोमा अघि बढ्ने बताए। उनले सरकार अधिनायकवादको बाटोमा अघि नबढ्ने बताउँदै त्यसको मूल्यांकन जनताले  गर्ने दाबी गरे।

ओलीले  प्रदेश १ को संसदमा सम्बोधन गर्नु पूर्व संसदीय रिपोर्टिङमा खटिने पत्रकारलाई प्रवेश गर्न दिइएको थिएन। पत्रकारले विरोध स्वरुप धर्ना दिएपछि मात्र प्रवेश दिइएको थियो। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.