झापा-११ सेमिफाइनलमा
मलंगवा : लालबन्दी गोल्ड कप फुटबलमा शनिबार जावलाखेललाई २-१ ले पराजित गर्दै रमपम झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ।
खेल सुरु भएको दुई मिनेटमै जावलाखेलका तीर्थ बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। झापा ११ को तर्फबाट खेलको ३४ औँ मिनेटमा पुष्प मादेनले गोल गर्दै खेललालाई बराबरीमा ल्याए।
खेलको दोस्रो हाफमा पुजन उपरकोटीले गरेको दोस्रो गोलले झापालाई सेमिफाइनलमा पुर्याएको हो । झापा-११ का हेमन्त थापा मगरको डि बक्स नजिकै बाट प्रहार गरेको फ्रि किकलाई उपरकोटीले गोल गरेका थिए।
खेलको म्यान अफ दी म्याच झापा-११ का क्याप्टेन देबेन्द्र तामाङ भए। जिल्ला फुटबल संघ सर्लाही र लालबन्दी नगरपालिकाको संयुक्त आयोजनामा जेठ २४ गतेदेखि जारी प्रतियोगितामा १० टिम सहभागी छन्।
बिजेताले ७ लाख र उप विजेताले साँढे ३ लाख रुपैँया पाउँनेछन्।