राजविराजमा व्यावसायिक टर्कीपालन

राजविराजमा व्यावसायिक टर्कीपालन

राजविराज : कञ्चनरुप नगरपालिका १२ रुपनगरका साहिद अली र आशिक अलीलाई अहिले फुर्सद छैन। चार महिना अघिसम्म निकै फुर्सदिला रहेको उनीहरू टर्कीको व्यावसायिक फार्म सञ्चालन गरेपछि एकाएक व्यस्त बनेका हुन्। बिहान बेलुकीको समय उनीहरूले टर्की जातको चराको रेखदेख, स्याहारमै बिताउने गरेका छन्। दिउँसो त्यसैका लागि दाना र सरसामान जोरजाम गर्दा उनीहरूलाई भ्याइनभ्याइ हुन्छ।

गाउँमै बसेर सिर्जनशील काम गर्ने सोचका साथ अलीले चार महिनाअघि काठमाडौंबाट दुई सय टर्कीका चल्ला ल्याएर पाल्न सुरू गरे। चार महिनामा चल्ला दिन सुरू गरेको टर्की ६ महिनापछि मासु खान योग्य हुने उनले बताए। गत महिना एक लाख रुपैयाँभन्दा बढीको टर्की र चल्ला बिक्री गरेका उनले लागत रकम असुल भइसकेको बताए।

सञ्चारमाध्यम र इन्टरनेटको माध्यमबाट टर्कीपालनसम्बन्धी जानकारी पाएर आकर्षित भएका उनीहरू जिल्लामा अहिले नमुना कृषकका रूपमा चिनिन थालेका छन्। ‘इन्टरनेट युट्युबबाट चिसो र गर्मी दुवै हावापानीमा टर्की व्यवसाय गर्न सकिने थाहा पाएपछि पाल्ने निधो गरेँ’, उनले थपे। टर्कीपालनलाई व्यावसायिक रूपमा अघि बढाउन सके आर्थिक समृद्धिमा टेवा पुग्ने उनीहरूको विश्वास छ।

स्वदेशीभन्दा विदेशी पर्यटकले टर्कीको मासु मन पराउने भएकाले पर्यटक भित्रिने सहरका होटल सञ्चालकसमेत टर्की किन्न आउने गरेका छन्। ‘टर्कीको मासु गाउँमै बिक्री भइरहेको छ’, उनले भने, ‘नेपालका विभिन्न ठूला सहरबाट समेत जिउँदो टर्की किन्न घरमै ग्राहक पुग्ने गरेका छन्।

भर्खर जन्मेको टर्कीको चल्लाको मूल्य तीन सयदेखि चार सय रुपैयाँ तथा एक महिनाको टर्कीको एक हजार रुपैयाँ पर्ने उनले बताए। बयस्क हुँदा भाले टर्की १२ किलोग्राम तथा पोथी आठ किलोग्रामसम्म हुन्छ। एक किलो टर्कीको मासुको मूल्य एक हजार रुपैयाँ पर्छ।

दिनहुँ हजारौंको संख्यामा बिदेसिने युवालाई आफ्नो सीप, परि श्रम आफ्नै देशमा खर्चिनु पर्ने उनीहरू बताउँछन्। ‘टर्कीका लागि दानापानी, उपचारलगायत प्रबन्ध मिलाउन सके रोजगारीका लागि बिदेसिनु पर्दैन।’ अलीले भने, ‘विदेश जान लाग्ने गरेको लगानी र इच्छाशक्ति भए स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ।’

एक वर्षमा पूर्ण रूपले तयार हुने टर्कीलाई उनीहरू कुखुरा झै दाना र हरियो घाँसको आहारा खुवाउने गर्छन्। उच्च रक्तचाप, मधुमेह, ग्याँसजस्ता रोगका बिरामीलाई टर्कीको मासु उत्तम मानिन्छ। मासु र अन्डाका लागि उपयुक्त चरा मानिँदै आएको टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा कम हुने हुँदा माग बढिरहेको उनीहरू बताउँछन्।

थोरै मूल्यमा जोखिम मोलेर धेरै मेहनत गर्न बिदेसिनुभन्दा आफ्नै देशमा घरपरिवारसँगै बसेर राम्रो अर्थोपार्जन गर्न सकिने गरी उहाहरण बनेका छन् साहिद र आशिक अली।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.