केटासँग गफ गर्दागर्दै आमालाई देखेपछि भागेकी युवतीको छतबाट लडेर मृत्यु

केटासँग गफ गर्दागर्दै आमालाई देखेपछि भागेकी युवतीको छतबाट लडेर मृत्यु

विराटनगर : एउटै घरमा डेरा गरेर बस्ने केटासँग गफ गर्दैगर्दा आमालाई देखेपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी युवतीको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका १३ को एउटै घरमा डेरा गरी बसेकी भारत जडियाकी १६ वर्षीया कमला यादव शुक्रबार  सिरहा घर भएका १७ वर्षीय मुकेश पासवानसँग गफ गर्दै थिइन्। त्यही बेला उनले आमा देखिन्। आमाले उनलाई देखेर्कै थिइनन्। आमाले नदेख्दै भाग्ने क्रममा लडेर गम्भीर घाइते भएकी कमलाको शनिबार उपचारका क्रममा निधन भएको हो। 

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार घरको छतबाट खसेर घाइते भएकी कमलालाई उपचारका लागि कोसी अञ्चल अस्पताल भर्ना गरिएको थियो। शनिबार राति उनको अस्पतालमै मृत्यु भएको हो।

प्रहरीले कमलासँग गफ गर्ने पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.