छोरीसहित बेपत्ता पति खोजीदिन आग्रह

छोरीसहित बेपत्ता पति खोजीदिन आग्रह

विराटनगर : मोरङको रंगेली ववियाविर्ता घर भई विराटनगर ३ पोखरियामा बस्दै आएका एक युवक ४ वर्षीय छोरीसहित १२ दिनदेखि बेपत्ता भएका छन्। ३१ वर्षीय दीपक आचार्य छोरी दक्षिणालाई लिएर बेपत्ता भएका हुन्। दीपककी पत्नी तुलसा भण्डारी आचार्यले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी बेपत्ता पतिको खोजीका लागि सहयोग गरिदिन आग्रह गरेकी छन्।

आचार्य दम्पत्तीले विराटनगरको कलेज रोडमा प्रिन्टेक छापा खाना संचालन गर्दै आएका थिए। तुलसाका अनुसार दीपक छोरीसहित यही जेठ १५ गतेदेखि बेपत्ता भएका हुन्। तुलासले आफूलाई बिसन्चो भएकाले बोर्डिङ गएकी छोरीलाई ल्याएर घरमै आराम गरेर बस्छु भन्दै दीपक दिउँसो तीन बजेतिर छापा खानाबाट निस्किएको र साँझ घरमा पुग्दा नभेटेपछि आफू अचम्ममा परेको बताइन्।

भोलीपल्ट छापा खाना आउँदा पनि आफूले पतिलाई नभेटाएको उनको भनाइ छ। 'त्यसपछि निरन्तर खोजी गरिरहे पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन,' तुलसाले भनिन्, 'खोजीका लागि प्रहरीमा निवेदन दिएर सबै आफन्तलाई जानकारी गराइसक्दासम्म फेला पार्न सकिरहेकी छैन।'

 
पति दीपक बेपत्ता भएकै दिनदेखि छापा खानामा काम गर्ने पूर्व कर्मचारी विराटनगरको केसलिया रोडकी संगीता सोनकर समेत बेपत्ता भएको तुलसाको भनाइ छ। उनका अनुसार पति पत्नीकै सल्लाहमा जेठ १२ गते संगीतालाई छापा खनाबाट विदा गरिएको थियो। उनले भनिन्, 'मेरा पति नाबालिका छोरीसहित बेपत्ता हुनुभयो। त्यही दिनदेखि संगीता पनि बेपत्ता भएको भन्ने खबर आएको छ।'

तुलसाको संगीताले पति र छोरीलाई लिएर गएको हुनसक्ने आशंका छ।मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले छोरीसहित बेपत्ता बनेका दीपकको खोजी भइरहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.