ईपीएस: दाजुको नाममा परीक्षा दिने भाइ पक्राउ
काठमाडौँ: दक्षिण कोरिया जान चाहने कामदारका लागि लिइएको भाषा परीक्षाका क्रममा दाजुको नाममा परीक्षा दिने भाइ पक्राउ परेका छन् । नक्कली परिक्षार्थी बनी परिक्षा दिन आएका तेह्रथुम घर भएका बौद्ध बस्ने १८ वर्षीय अशोक लिम्बूलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित गोल्डेन गेट इन्टरनेश्नल कलेजमा सञ्चालित ईपीएस परिक्षामा आफ्नै दाजु गजेन्द्र लिम्बूको सट्टामा परिक्षा दिन आएका उनलाई प्रहरीले पक्राउ गरेको हो । यसबारे अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।