कोरियन भाषा परीक्षा दिन छुटेका विद्यार्थीको परीक्षा अनलाइनबाटै
काठमाडौं : आठौं ईपीएस भाषा परीक्षामा प्राविधिक कारण परीक्षा दिनबाट बन्चित ७ सय १० परीक्षार्थीले अनलाइनबाट परीक्षा दिन पाउने भएका छन्।
ईपीएस शाखा कार्यालयका प्रवक्ता शोभाकर भण्डारीका अनुसार जेठ २७ र २८ गतेको आठौं कोरियन भाषा परीक्षाका शाखाको प्राविधिक कारणले परीक्षा दिन नपाएका परीक्षार्थीले असार २१ गतेबाट क्रमश नौ दिनसम्म परीक्षा दिन पाउने भएको छन्।
ईपीइस भाषा परीक्षाको पहिलो दिन २६ नम्बर केन्द्र एसियन इन्ष्टिच्युट अफ म्यानेजमेन्ट खुमलटार केन्द्रमा परीक्षा दिन नपाएका ४ सय ३३ र सोही केन्द्रमा दोस्रो दिनको परीक्षाका बन्चित दुई ७७ जनाको परीक्षा नौ दिन लगाएर अनलाइन बाट लिन लागिएको हो।
परीक्षाको तालिक सोमबार वा मंगलबार सार्वजनिक हुने छ। शाखाले कोरियनसँगको वार्तामा अनलाइन परीक्षा लिने निर्णय भएको हो। कोरियनले कम्पुटरमा आधारित परीक्षा (सीबीटी) अनुसार लिने लागेको हो।
शाखाले चैत ९ गते देखि १८ गतेसम्म लिएको अनलाइन आवेदनमा ७५ हजार पाँच सय ८० ले आवेदन दिएका थिए। त्यसमा पनि जेठ २७ र २८ गतेको परीक्षामा ६८ हजार दुई सय ८६ को सहभागी थिए।अब हुने परीक्षा भनेको ७ सय १० परीक्षार्थी सहभागी हुने छन्।
प्रतिक्रिया दिनुहोस !