बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना विचौलिया पक्राउ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना विचौलिया पक्राउ
सुन्नुहोस्

सुनसरी : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिसनको चलखेल भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक बबिन राईले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने तथा निजी अस्पतालमा सहज उपचार गराइदिने भन्दै प्रलोभनमा पारेर आर्थिक चलखेल गर्ने गिरोह सक्रिय रहेको भन्ने जनगुनासोपछि प्रहरीले विशेष निगरानी बढाइ उनीहरूलाई पक्राउ गरिएको बताए।

प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि त्यस्ता गतिविधिमा संलग्न रहेको अवस्थामा प्रहरी टोलीले १२ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा सर्लाही अर्नीसाइर कृष्णासवरण गाउँपालिका–३ निवासी ३७ वर्षीय रञ्जित कुमार चौधरी, सर्लाही राजविराज नगरपालिका–६ निवासी २७ वर्षीया रबिना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ निवासी ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ निवासी २० वर्षीय सागर पोखरेल, मोरङ लेटाङ–३ निवासी २९ वर्षीय सानिम किराती रहेका छन् । त्यस्तै, धरान–६ निवासी २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी–५ निवासी ४० वर्षीय उमेश कुमार चौधरी, धरान–१७ निवासी ३५ वर्षीय धिरोज निरौला, इटहरी–२ निवासी ३२ वर्षीय रोहित मेहता, धरान–११ निवासी १८ वर्षीय विनोद भण्डारी रहेको प्रहरी निरीक्षक राईले बताए।

यसअघि पनि प्रहरीले प्रतिष्ठानबाट बिरामीलाई निजी अस्पताल पठाउने कार्यमा संलग्न रहेको आशंकामा झापाको दमक नगरपालिका–१ कुमालचोक निवासी ४३ वर्षीय प्रविण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका–४ निवासी २७ वर्षीय दीपक रामलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खडकाले बताए।

पक्राउ परेका दीपक रामले बोकेको छालाको पर्सबाट विराटनगरस्थित आर्या न्यूरो अस्पतालका दुई थान भिजिटिङ कार्ड बरामद गरिएको छ भने  उनीहरूको मोबाइल फोनबाट विभिन्न सरकारी अस्पतालका बिरामीहरूको प्रेस्क्रिप्सन,डिस्चार्ज कागजातका तस्बिर,बिरामीको नाम, उमेर, रोगको विवरण विभिन्न व्यक्तिलाई पठाइएको सन्देश तथा एम्बुलेन्स चालकहरूको नाम र सम्पर्क नम्बर उल्लेख भएका कागजात समेत फेला परेको डिएसपी खडकाले बताए। प्रहरीले बरामद भएका प्रमाणका आधारमा प्रतिष्ठानबाट बिरामीलाई निजी अस्पताल तथा मेडिकलसम्म पुर्‍याउने सम्भावित बिचौलिया सञ्जाल, एम्बुलेन्स चालक र अन्य व्यक्तिहरूको संलग्नताबारे समेत अनुसन्धान तीव्र पारेको जनाएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई आर्थिक प्रलोभन देखाइ निजी मेडिकल तथा अस्पतालतर्फ लैजाने बिचौलियाको गतिविधिबारे लामो समयदेखि गुनासो उठ्दै आएको थियो। केहिदिन अगाडि प्रतिष्ठानको निरीक्षणमा आएका गृहमन्त्री गुरुङको निर्देशनमा प्रहरीले बिचौलिया पक्राउ गरेको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.