‘गेटा’ लाई शिक्षण अस्पतालका रुपमा सञ्चालन गर्न सरकारले दियो स्वीकृति
काठमाडौं : सरकारले कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयको शिक्षण अस्पतालका रुपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्ण गरेको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराएका छन् ।
यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत नै विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको उनले जानकारी दिएका छन् । यस्तै शैक्षिक परामर्शष, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !