असार १६ मा कोरियन भाषा परीक्षाको नतिजा

असार १६ मा कोरियन भाषा परीक्षाको नतिजा

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियाले शनिवार र आइतवार दुई दिन लिएको भाषा परीक्षाको नतिजा असार १६ गते सार्वजनिक गर्ने भएको छ । दुई दिनसञ्चालन भएको परीक्षामा आवेदन फारम भर्ने ७५ हजार ५ सय ८० परीक्षार्थी मध्ये ८० देखि ९० प्रतिशतले भाषा परीक्षा दिएको शाखाका प्रमुख बाबुराम खतिवडाले जानकारी दिनुभयो ।

शाखाको गल्तीका कारण २६ नम्बर परीक्षा केन्द्रमा शनिवार भने चार सय ३३ जना परीक्षार्थीले भाषा परीक्षा दिन नपाएको उहाँले जानकारी दिनुभयो ।

परीक्षा दिन बन्चितका लागि शाखाले छिट्टै परीक्षा लिने तयारी पनि गरिरहेको छ । कोरियाबाट आएका परीक्षा सञ्चालक टोली पनि सकारात्मक रहेको हुँदा अबको एक सातापछि परीक्षा सञ्चालन हुने गरी मिति र केन्द्र तोकिने खतिवडाले जानकारी दिनुभयो । यसबाहेक परीक्षा सञ्चालन अवधिका कुनै समस्या नआएको शाखाको भनाइ छ ।

सन् २०१८ मा कोरियामा काम गर्न जानका लागि १० हजार २ सयले अवसर पाउने छन् । जसमा ६ हजार दुई सय कृषि र ४ हजार उत्पादनमा काम गर्ने गरी कोरियान जाने शाखाले जनाएको छ । परीक्षाका लागि ७५ हजार ५ सय ८० ले आवेदन दिएका थिए । जसमा परीक्षार्थी ९ हजार ७ सय ९६ महिला परीक्षार्थी र ६५ हजार ७ सय ८४ पुरुष परीक्षार्थी छन् ।

यसैगरी कृषिमा ५१ हजार २ सय २ र उत्पादनमा २४ हजार ३ सय ७८ जनाले आवेदन दिएका थिए । शाखाले २६ वटा परीक्षा केन्द्रमा विहान ८ बजेर दिउँसो १२ बजे गरी दुई सिफ्ट लिएको थियो ।

परीक्षा सञ्चालनका लागि कोरिया ५५ जनाको टोली नेपालमा आएका थिए । सन् २००८ देखि अहिलेसम्म ४४ हजार भन्दा बढी युवा कोरिया पुगिसेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.